Posts

Showing posts from September 18, 2022

लघुकथा : प्रमाण

 लघुकथा #प्रमाण                                                                     ✍️मुरारीराज मिश्र केही अघिकाे कुरा हाे । आफ्नो घर मूलबाटाेमा जाेडिएकाेले, टाेलका मानिसहरूले घर अगाडि बाटोमा फालेका फाेहाेरकाे दुर्गन्धले कुमारलाई निकै असहज हुन्थ्यो । यसका बिरुद्ध आवाज उठाउँथ्याे र सामाजिक सञ्जालमा लेख्थ्याे पनि । बाटाे कुरेर भएपनि उ लुकेर फाेहाेर फाल्न आउनेलाई गाली गर्थ्याे । तर याे सबैमा उसले छरछिमेकीबाट साथ पाएन । फाेेहाेर फाल्ने मानिस पत्ता लगाउनु पर्‍यो भनि सहयोग खाेज्दा छिमेकीहरु हाँसेर टारिदिन्थे । उनीहरूकाे हाउभाउबाट - 'तँ किन जान्ने भएकाे भनेर उसलाई राेक्न खाेज्दैछन्' भने झैं लाग्थ्यो ! सबैकाे साथ नपाएकोले त्यहाँ फाेहाेर फाल्ने काम उस्काे प्रयासबाट मात्र राेकिन सक्ने सम्भावना नै थिएन र राेकिएन पनि ! आफ्नै घर सामुन्नेकाे यस्ताे नियमित दृश्यले दिक्क भएको उसलाई एकदिन बिहान बाहिर बाटोमा निस्कन लाग्दा आफ्नो ढाेकाकै आडमा फाेहाेरकाे पाेका राखिएको देखेर थप आक्राेशित बनायो । उ सरासर घरभित्र पस्याे । हातमा पञ्जा लगायाे र निस्किएर फाेहाेरकाे पाेकाे खाेतल्न थाल्यो । झाेलामा नाम चले