गजल/चारु
✍️ मुरारीराज मिश्र, मीठो वचन बाेल्न, पैसा पर्दैन । बाेलीमा मह घाेल्न, पैसा पर्दैन ।। के नै पाे दिनुपर्छ र, रिसाउनु ? हाँसेर दैलाे खाेल्न, पैसा पर्दैन । दासै बन्छाै भने त, के भनुँ र खै ? ठीकै छ, हात माेल्न पैसा पर्दैन । महँगो छ त के भाे, लास जलाउन ? ज्यूँदैमा मन पाेल्न, पैसा पर्दैन । आँटेर, पाइला बढाउँदै छु म लाग्छ, लक्ष छिचाेल्न पैसा पर्दैन ।। *** वैजयन्तिमा प्रेषित