हाइकुहरु
१. ठेकी चर्केछ अंगेनोको रापले घिउ पोखियो ! २. बिस्तारै तात्यो चिसिएको अंगेनो सल्क्यो दाउरा ! ३. कुँडेको दूध पोखियो भुइँभरी बिरालो मख्ख ! ४. गोलो अँगेनो भर्भराउँदो आगो चिसो मौसम ! ५. खेती चटारो उफ्रिंदैछ बाउसे हिलाम्मे खेत ! ६. यौटाको धन र्याल काट्दैछ अर्को भ्रमको चास्नी ! ७. मौन आकाश पृथ्वीमा निहार्दैछ जून बालेर ! ८. लफक्कै धर्ती आकाशको आँसुले मोती टल्कियो ! ९. बेचैन मन अनिदा आँखाहरु छर्लङ्ग रात ! १०. लक्ष्य शिखर चिप्लेकिराको चाल हिउँ पग्लियो ! ११. लुछियो मासु मन्दिरभित्र लाश मौन देवता ! १२. साथी शकुनी सत्तामा धृतराष्ट्र विचरा भीष्म ! १३. मुस्कायो फूल मग्मगायो बगैंचा माली रमायो ! १४. बुद्ध छातीमा अग्रसर युद्धमा बुद्धं शरणं ! १५. च्वास्स घोच्दैछ प्यूरीको डस्ना पनि अनिँदो रात ! १६. पूर्ण चन्द्रमा कोठामै उदाउँछ हाँसिदेऊ त ! १७. टुपीमा पुग्दा धोतीका जुम्राहरु रवाफै बेग्लै ! १८. जुनेली रात जुनकीरीको दम्भ उज्यालो मेरै ! १९. अँध्यारो रात सल्काउँदैछु दीयो मन बालेर ! २०. पूरा अपूरा केही थान सपना जीवन यात्रा ! २१.