Posts

Showing posts from August 11, 2024

प्रेरक प्रसंग

एक सन्त, धनी व्यापारीकाे घरमा आए । व्यापारीले सन्तकाे ठूलो सेवा गरे । सन्त सर्वसमर्थ थिए । सेवाबाट प्रसन्न भई उनलेे व्यापारीलाई भने "यदि चाहनुहुन्छ भने, म तपाईंलाई भगवानसँग भेट गराउन सक्छु ।" व्यापारीले भने "महात्मन् ! म भगवानलाई भेट्न त चाहन्छु, तर अहिले मेरो छोरो सानै छ, उ ठूलो भएपछि जाओैंला नि !" धेरै बर्षपछी साधुले फेरि आएर भने, "अब तिम्रो छोरो पनि ठुलो भयो, हिंड जाऔं ।" व्यापारीले जवाफ दिए "छाेराेको बिहे भैसकेकाे छैन, बिहे गरेर बुहारी घरमा आउँछिन् अनि जान्छु ।" तीन वर्षपछि सन्त फेरि आए । बुहारी आँगनमा घुमिरहेकी थिइन् । सन्तले भने "अब त जाने बेला भयाे ?" उनकाे भनाइ थियोे "स्वामी ! मेरी बुहारी गर्भवती छिन्, नातिको अनुहार देखेपछी भने पक्कै जान्छु ।" सन्त फेरि आउँदा व्यापारीकाे मृत्यु भइसकेको थियो । उनले ध्यानदृष्टिले हेरे, ब्यापारी गोरुको रूपमा सामान बोक्दै थियोे । सन्तले गोरुको कानमा भने "अब त तिमी गाेरु बनेका छाै, त्यसैले ढिलो नगरी भगवानलाई भेट्नुपर्छ हिँड ।"  गाेरुरुपी व्यापारीले भने "म छाेराकाे याे पसलमा अ