हाइकु
थाेपाहरुले सुरु गरे बिद्रोह समुद्र सुक्याे ! घामले छुंदा पग्लिंदैछ हिमाल प्रेम चुलियाे ! आएकी थियाै सुटुक्क सपनीमा निन्द्रा चाेरियाे ! धराले गरिन् वसन्तकाे बिदाई चिसा अाँखाले !१-३१ धर्तीकाे जिम्मा गृष्मलाई सुम्पंदै गयाे वसन्त !१-३१ अाकाशभरी बादल मडारिए मन रुझेछ !२-१ गृष्ममा जाडाे माैसम बदलियाे राजनीति झैँ !२-६ मज्जाले नाच्छ आैंलाकाे इसारामा कठपुतली !२-६ घर झगडा सत्ताकाे राजनीति भाेग्दैछ देश !२-८ मध्य रातमा झ्याउँकिरीकाे स्वर मीठो संगीत !२-१० ढाडमा भारी पग्लिंदैछ निधार नुनिलो स्वाद !२-१२ नदी सुतेछ बगरकाे ताताेमा अाँसु निख्रेर !२-१२ काँडाकाे बाटाे प...