हाइकु
थाेपाहरुले
सुरु गरे बिद्रोह
समुद्र सुक्याे !
घामले छुंदा
पग्लिंदैछ हिमाल
प्रेम चुलियाे !
आएकी थियाै
सुटुक्क सपनीमा
निन्द्रा चाेरियाे ! धराले गरिन्
वसन्तकाे बिदाई
चिसा अाँखाले !१-३१
धर्तीकाे जिम्मा
गृष्मलाई सुम्पंदै
गयाे वसन्त !१-३१
अाकाशभरी
बादल मडारिए
मन रुझेछ !२-१
गृष्ममा जाडाे
माैसम बदलियाे
राजनीति झैँ !२-६
मज्जाले नाच्छ
आैंलाकाे इसारामा
कठपुतली !२-६
घर झगडा
सत्ताकाे राजनीति
भाेग्दैछ देश !२-८
मध्य रातमा
झ्याउँकिरीकाे स्वर
मीठो संगीत !२-१०
ढाडमा भारी
पग्लिंदैछ निधार
नुनिलो स्वाद !२-१२
नदी सुतेछ
बगरकाे ताताेमा
अाँसु निख्रेर !२-१२
काँडाकाे बाटाे
पैतालाभरी घाउ
रुन नमिल्ने !२-१३
तिम्रै झझल्को
चन्द्रमा उदाउँदा
पागल मन !३-१३
सास किन्दैछन्
अचेल मान्छेहरु
बाँच्ने अाशमा !२-१४
अागाे बलेझैं
वनकाे रुखभरी
गुराँस फुल्याे !२-१४
हेर्दै स्वादिला
रुखका अाँपहरु
थुक निलियाे !२-१६
घर उम्रियाे
खेतबारी मासेर
काैशीमा खेती !२-१७
काठे भरेङ
धमिराेले खाएछ
उत्तानो टाङ !२-२८
उनले भनिन्
तिम्ले मन बदल्याै
म छाम्न थालें !३-१
बस्ती खाेलामा
खाेला प्रतिकारमा
विनाश लीला !३-४
छिना हथौडा
लड्दैथे ढुङ्गामाथि
ईश्वर जन्म्याे !३-६
प्रेम खन्यायाे
गर्जंदै बादलले
सेलाईन् पृथ्वी !३-१२
झरीकाे दिन
बाढी आयाे काेठामा
छानाे चुहियाे !३-१४
बगरहरु
सुत्केरी हुनथाले
घर जन्मिए !३-१६
हिलाम्मे खेत
राेपाईँकाे चटारो
मात्त्याे बाउसे !३-१७
चिप्लो बाटोमा
हिंड्दै थिएँ बिस्तारै
लुगा हिलाम्मे !३-२६
उत्कर्ष प्रेम
अतालियाे भवंरा
थुन्याे फूलले !४-८
बर्षाकाे भेल
पखालियाे दुर्गन्ध
नदी संग्लियाे !४-९
तारेकाे माछाे
पाैडीयाे कराहीमा
हरर्र वास्ना !४-१०
हिउँका थुम्का
चाँदीसरी टल्किए
घाम पाेखियाे !४-११
भदाैरे घाम
खुर्सानीकाे बिस्कुन
आशे किसान !४-१३
फूल हाँस्दैथ्याे
भवंरा लाेभ्याउँदै
फल लागेछ !४-१५
झरीकाे गीत
बलेसीकाे संगीत
ट्वार्र भ्यागुतो !४-१६
आकाशभरी
चम्किंदैछन् तारा
मन अँध्यारो !४-१७
रित्तिए गाेठ
खाटमाथी कुकुर
खीरकाे पिर !४-१७
माैन आकाश
जुन-तारा बिस्कुन
भाेकाे चन्द्रमा !४-२०
शत्रु छिरेमा
खेदिन्छ घरबाट
बस्ती नदीमा !४-२१
चलाउँछ उ
स्वाद लिन्छ अर्कैले
बिचराे डाडु !४-२१
✍️ मुरामि
Comments
Post a Comment