Posts

Showing posts from July 14, 2019

ग्रहणका बेला शास्त्रले निषेध गरेका कुराहरु:

"निद्रायां जायते ब्याधी मुत्रे दारिद्रमान्नुयात् । पुरिषे कृमियोनिश्ची मैथुने ग्रामसुकर:।। अभ्यज्जने भवेत्कुष्ठी भोजने स्यादधोगती। बन्धने च भवेत् सर्प बधे नरकं व्रजेत् ।।" (भावार्थ: ग्रहणकाे बेलामा सुतेमा रोग लाग्दछ, मूत्रत्याग गरेमा दरिद्र हुन्छ, मलत्याग गरेमा जुका जस्ता किराको योनीमा जन्म हुन्छ, मैथुन गरेमा गाउँको सुँगुर भएर जन्मन्छ, शरीरमा कुनैपनि प्रकारकाे शृङ्गार गरेमा कुष्टराेग हुन्छ, भोजन गरेमा अधोगती (पतन) हुन्छ, कुनै जीवलाई बन्धनमा राखेमा सर्पको योनि हुन्छ र जीवहत्या गरेमा नरकमा जानेछ ।) (#तर बाल, बृद्ध, अशक्त र अातुरहरुलाई भने उपराेक्त कुराहरुमा छुट दिएकाे छ)