हाइकूहरु
कक्रक्क धर्ती देख्न सकेन पीडा राेयाे अाकाश शिशिर याम मुटु छेड्ने सिरेटाे मलिन रवि जीवन यात्रा छरपस्ट छन् काँडा गाेरेटाे भरि ! बाेलीनाै तिमी रमाइलो संसार सुनसान भाे मैमत्त मन संसार थाम्न खाेज्छ हुटिट्याउँ झैँ तात्याे अंगेनाे सल्किंदै काठपात धुवां निस्कियाे फूल लजायाे निहुरियाे सुस्तरी अाएछ भृङ्ग बिहान उस्तै बेलुका पनि उस्तै सूर्यको रङ्ग उजाड रुख पतझड माैसम वसन्त कु्र्दै चिसो शहर चिसा चिसा मानिस चिसै सम्बन्ध बुझ्नै कठिन मनभित्र डढेलाे तैपनि जाडो ! झरेको पात उड्दै गयाे रमाइ कतै हरायो सर्वत्र छल केवल छलफल निस्कन्न फल चर्केकाे भित्ताे लिउनले टालियाे हटेन डाेब ! रुँदैछ झार्दै रक्त मिश्रित अाँसु अाधा अाकाश ! मुस्कायाै तिमी उज्यालो भयाे मन जुन बिर्सिएँ मदिरा हैन काफी छ तिम्रो साथ मन मात्तिन बाघ ठानेकाे पुच्छर हल्लाउँदै म्याउ पाे गर्र्याे याे मन पाेल्छ अागाेले भन्दा बेसी तिम्रो मायाले थुनेको चराे काटिएका पखेटा हेरेर रुन्छ । खाने कसरी भीर माैरीकाे मह चढ्नै कठि