देशकाे गीत
देशकाे गीत :
✍ मुरारीराज मिश्र
लुट्पुटिंदै माटाे माथि, हुर्किएकाे ठाँउ ।
यै हाे मेराे मातृभूमि, नेपाल हाे नाँउ ।।
घामकाे पैलाे झुल्का देख्ने, सगरमाथा मेराे ।
मेची-काली, तराई-पहाड मेरै सेरोफेरो ।।
नदी-नाला कलकल बग्ने, सुन्दर मेराे गाउँ ।
यै हाे मेराे जन्मभूमि, नेपाल हाे नाँउ ।।
डाँफे, मुनाल, मयूर नाच्छन्, मेरै वरिपरि ।
डाँडा पाखा भरि फुल्छन्, गुराँस थरीथरी।।
मनले भन्छ- संधै यस्तै, दृश्य देख्न पाऊँ ।
यै हाे मेराे कर्मभूमि, नेपाल हाे नाँउ ।।
अनेक जाति बर्ण धर्म, अनेक भाषा भेष ।
बसेका छन् मिलि यहाँ, छैन कुनै क्लेश ।।
सीता बुद्ध जन्मिएकाे, शान्त मेराे ठाउँ ।
यै हाे मेराे प्रीयभूमि, नेपाल हाे नाँउ ।।

*** समाप्त ***
(उमामहेश्वर मार्ग, कुमारीगाल, कामपा-७)

Comments
Post a Comment