Posts

Showing posts from November 24, 2019

गीत

Image
खालि छ है याे मुटुमा, याैटा काेठा अैले भाडा लिन्न, बस्न यहाँ जाे आउँछ पैले काेठा हेर्ने मन छ भने, आखाबाट पस्नु राम्रोसँग हेर्नु अनि, मन परेमा बस्नु बस्नु अघि खबर गर्नु, सामान सार्ने कैले भाडा लिन्न, बस्न यहाँ जाे आउँछ पैले शर्त छ मेराे, केवल याैटै, डेरावालालाई आफ्नैे घर झैं ठान्नुपर्छ, मेरो काेठालाई मञ्जुर भए सुम्पने छु, तालाचावी मैले भाडा लिन्न, बस्न यहाँ जाे आउँछ पैले खालि छ है याे मुटुमा, याैटा काेठा अैले भाडा लिन्न बस्न यहाँ, जाे आउँछ पैले