भगवान श्रीकृष्णकाे तुलादान

पाैराणिक प्रसंग; जब सत्यभामाकाे अहंकार हट्याे .... श्रीकृष्णका आठ पत्नीहरु (रुक्मिणी, जाम्बवन्ती, सत्यभामा, कालिन्दी, मित्रबिन्दा, सत्या, भद्रा र लक्ष्मणा) मध्येकी एक सत्यभामालाई उनको पुण्यक व्रतकाे समापनकाे क्रममा पुरोहितकाे रूपमा रहेका नारदजीले आफ्नाे सबैभन्दा प्रिय वस्तु दानका लागि संकल्प गर्न भन्नुभयो । सत्यभामाले भूलवश श्रीकृष्णलाई नै आफ्नो प्रिय वस्तुको रुपमा दान संकल्प गर्न पुग्नुहुन्छ । याे दानका कारण भगवान श्रीकृष्ण नारदजीकाे अधिनमा (दास) हुनुभयो । दानपछि आफ्नोे गल्ती महसुस गरेर नारदजीसंग सत्यभामा श्रीकृष्ण आफूलाई फर्काईदिन अनुराेध गर्नुहुन्छ । याे सुनेर नारदजीले “दानमा दिएको वस्तु फिर्ता गर्न नमिल्ने तर यस्काे बदलामा आफूलाई अरु नै केही दिन तयार भएमा फर्काउन सक्छु” भन्नुभयो । नारदजीबाट यस्तो मुरा सुनेपछि सत्यभामा खुशी भएर भन्नुहुन्छ “साँच्चै फिर्ता गर्नुहुन्छ त मुनिवर ?” नारद भन्नुहुन्छ “हाे देवी, आफ्नो पतिमाथि तपाईंको यति गहिराे प्रेम भावना देखेर मेरो मन पग्लियाे र मैले श्रीकृष्णलाई मुक्त गर्ने निश्चय गरें । तर यस्काे बदलामा केही मूल्य म...