उद्धव-श्रीकृष्ण संवाद
उद्धव-श्रीकृष्ण संवाद
एकपटक कुराकानीकाे क्रममा द्राैपदीकाे चीरहरण र जुवा खेलकाे प्रसंग चल्दा उद्धवजीले श्रीकृष्णसंग भन्नुभयाे : पाण्डवहरुलाई आफ्नाे बन्धुबान्धव भनेर नथाक्ने तपाँईले उनीहरूलाई जुवा खेल्नबाट सुरुमै किन राेक्नु भएन ? त्यसै कारणले द्राैपदीमाथि घाेर आापत आईपर्याे, एउटी नारीकाे हुनुसम्म बेइज्जत भैसके पछि लाज ढाक्न वस्त्र दिएर उनकाे मान रह्याे त ? संकटमा आफन्तकाे मद्दत नगर्ने हाे भने आफन्त हुनुकाे के अर्थ हुन्छ र ?
श्रीकृष्णले मुस्कुराउँदै भन्नुभयाे : प्रिय उद्धव, सृष्टिको नियम याे छ कि, विवेकवानले नै संधै जित्ने गर्छ । त्याे समय दुर्याेधनसंग विवेक थियाे उस्ले जित्याे, विवेक नभएकाे कारण धर्मराज युधिष्ठिरले हार्नुपर्याे !
अचम्मित भएर उद्धवले भने- दुर्याेधनसंग पनि विवेक !!!! त्याे सुनेर कृष्णले अगाडि भन्नुभयो : हेर उद्धव, दुर्याेधनसंग जुवा खेल्न धन, सम्पत्तिकाे कुनै कमी थिएन । कमी याैटै थियाे र त्याे उ जान्दथ्याे कि उस्लाई राम्ररी जुवा खेल्न आउँदैन भनेर । त्यसैले उस्ले आफ्नाे तर्फबाट जुवा खेल्नमा पारङ्गत मामा शकुनिलाई खेलाए । अर्कोतर्फ धर्मराज युधिष्ठिर पनि जुवा खेल्ने कलामा निकै कमजाेर थिए । उनी संधै खेलमा हार्दै आएका थिए र उनलाई पनि साे खेलमा आफूले जित्दिन भन्ने पक्का थियाे । तर उनी भने आफैं खेल्न अघि सरे । उनले पनि दुर्याेधनले जस्तै अरुलाई अर्थात् आफ्नाे नातेदार भाइ म कृष्णलाई आफ्नाे तर्फबाट खेलाउँछु भनेर किन भनेनन् ! एकपटक साेच त मेराे र सकुनीका बिचमा साे खेल भएकाे भए परिणाम के आउँथ्याे ! पासाकाे अंक उस्ले भने अनुसारको आउँथ्यो हाेला कि मैले भने अनुसार !!
लाै छाेड, मलाई खेलाएनन् रे ! उनले त विवेकशून्य भएर म संग यस्ताे सम्म आग्रह गरे कि, म तबसम्म सभा-कक्षमा प्रवेश नगराैं जबसम्म मलाई बाेलाईंदैन । लाग्थ्यो उनी म संग लुकेर जुवा खेल्न चाहन्थे ता कि मलाई उनले खेलेकाे थाहा नहाेस् ! उनले त आग्रह गरे, तर उनी एक राजा पनि थिए । त्याे आग्रह राजाज्ञा सरह थियो । राजाज्ञाकाे पालना त सबैले गर्नै पर्थ्याे ! यसरी उनले आफ्नो बचनले बाध्य पारेर मलाई सभा कक्षमा जानबाट राेक लगाए ! यसपछि म विवश भएर याे आशले बाहिरै कुरेर बसिरहें कि कुनबेला कस्ले मलाई बाेलाउलान् र म भित्र जान पाउँला !
भित्र जुवामा हारेपछि भिम, अर्जुन नकुल र सहदेवले समेत मलाई बिर्सेर केवल आफ्नाे भाग्य र दुर्याेधनलाई सराप्दै रहे ।
दुर्याेधनकाे आदेशमा जब दु:शासनले द्राैपदीलाई कपाल समातेर घिच्याउँदै सभा कक्षमा पुर्यायाे त्यसबेला सम्म पनि द्राैपदीले आफ्नै सामर्थ्यले त्यस्काे प्रतिरोध गर्दै रहिन्, मलाई सम्झिनन् ! तर जतिबेला दुःशासनले उनकाे कपडा तानेर निर्वस्त्र गर्न थाल्यो अनि मात्र बाध्य भएर उनलेे आर्त स्वरमा 'हरि, हरि अभयम् कृष्णा, अभयम्' भनेर मलाई पुकारिन तबमात्र मलाई उनकाे शील रक्षा गर्ने अवसर प्राप्त भयाे ! मलाई पुकार्नासाथ मैले तत्कालै उनकाे मद्दत गरें । अब भन, यस अबस्थामा मेराे दाेष कहाँ छ ?
उद्धवले भन्नुभयो : कृष्ण, तपाईंको स्पष्टीकरण प्रभावशाली अवश्यै छ, तर म पूर्ण सन्तुष्ट हुन सकिन । म फेरि याैटा प्रश्न गर्छु : यस्काे अर्थ त याे भयाे कि, जबसम्म बाेलाईन्न तबसम्म तपाईं सहायताका लागि आउनु हुन्न ! संकटमा परेका भक्तहरुकाे रक्षा गर्न त तपाईं स्वयं नै आउनु पर्ने हैन र कृष्ण ?
कृष्णले हाँस्दै भन्नुभयो : हे उद्धव, संसारका सबैकाे जीवन उस्काे कर्मफलकाे आधारमा सञ्चालित हुन्छ । न त म यस्लाई चलाउँछु न यसमा हस्तक्षेप नै गर्छु ! म त मेवल एक साक्षी हुँ । म सदैव उनीहरूकाे नजिक रहेर जे भईरहेकाे छ त्याे नियालि रहन्छु । यही ईश्वरको धर्म हाे ।
सर्वधर्मान्परित्यज्य मामेकं शरणं व्रज । अहं त्वा सर्वपापेभ्यो मोक्षयिष्यामि मा शुच: ॥ |
कृष्णले गम्भीर भएर उद्धवलाई भन्नुभयो : उद्धव ! मेराे भनाइकाे अर्थ तिमी गम्भीर रुपले बुझ ! एकपटक राम्ररी बिचार गर त, जब तिमीलाई यस कुराकाे बाेध हुन्छ र याे महसूस गर्न थाल्छाै कि, हरक्षण नजिक रहेर म तिम्रा हरेक कार्यहरु साक्षी बनेर नियालिरहेकाे हुन्छु, तब के तिमी कुनै पनि गलत वा दुष्कर्म गर्न सक्छाै ?
(भावानुवाद: मुरामि)
Comments
Post a Comment