Posts

Showing posts from February 23, 2020

कृष्ण भजन

मुरली छ, कृष्णकाे हातैमा माेहनी रुप् राधा छिन् साथैमा देवकीका गर्भबाट जन्मे जेलभित्र गाेपी-ग्वाला-सुदामा थे श्रीकृष्णका मित्र नाैनी चाेरी खान्थे रे पातैमा नाचे कृष्ण राधाकाे साथैमा मारे पुतना र कंश दुष्ट शिशुपाल कालीनाग मारि रक्षा गरे गाेपी-ग्वाल बंशी बज्याे मधुरो रातैमा नाचे कृष्ण गाेपिनी साथैमा श्री बिष्णुका आठाैं रुप साक्षात् परमात्मा कृष्णप्रीया राधाजी हुन् स्वयं लक्ष्मीमाता किरीट मुकुट सुहायाे माथैमा नाचे कृष्ण भक्तका साथैमा मुरली छ, कृष्णकाे हातैमा माेहनी रुप् राधा छिन् साथैमा