पाैराणिक कथा : मित्रता
पाैराणिक कथा : मित्रता कृष्णले रुखबाट फल टिपे । फललाई छ टुक्रामा काटेर आफ्नो बानी अनुसार पहिलो टुक्रा सुदामालाई दिए । सुदामाले पहिलो टुक्रा खाए र भने, '`धेरै स्वादिष्ट रहेछ ! यस्तो फल कहिल्यै खाएको थिइन मैले । मलाई थप एक टुक्रा दिनुहोस् ।" सुदामाले दोस्रो टुक्रा पनि पाए । त्याे खाएपछि उनले कृष्णसँग अर्को एउटा टुक्रा मागे । यसैगरी सुदामाले पाँच टुक्रा मागेर खाए । जब सुदामाले अन्तिम टुक्रा मागे, तब कृष्णले भने, '`यो त न्याय भएन नि मित्र ! आखिर मलाई पनि भोक लागेको छ !! म तिमीलाई माया गर्छु, तर तिमी भने मलाई पटक्कै माया गर्दैनौ।'´ यति भनेर कृष्णले फलको टुक्रा मुखमा हाले । तर मुखमा हाल्नासाथ तुरुन्तै थुकिदिए किनकि फल ज्यादै नै तितो र टर्राे थियोे । फल थुकेपछि कृष्णले भने '`हैन सुदामा, तिमी पागल त भएनौ ! यस्तो तितो र टर्राे फल खान कसरी सकेकाे ?´' सुदामाको जवाफ थियो ‘`जसका हातबाट संधै मिठा फलफूल खान पाइन्छ, उसंग जाबाे एउटा तितो फलको बारेमा कसरी गुनासो गर्ने ? तिमीलाई थाहा नहोस् भनेर सबै टुक्राहरू खान खाेजेकाे थिएँ मैले !"