पाैराणिक कथा : मित्रता

 पाैराणिक कथा : मित्रता                 

कृष्णले रुखबाट फल टिपे । फललाई छ टुक्रामा काटेर आफ्नो बानी अनुसार पहिलो टुक्रा सुदामालाई दिए ।

सुदामाले पहिलो टुक्रा खाए र भने, '`धेरै स्वादिष्ट रहेछ ! यस्तो फल कहिल्यै खाएको थिइन मैले । मलाई थप एक टुक्रा दिनुहोस् ।" सुदामाले दोस्रो टुक्रा पनि पाए । त्याे खाएपछि उनले कृष्णसँग अर्को एउटा टुक्रा मागे । यसैगरी सुदामाले पाँच टुक्रा मागेर खाए ।

जब सुदामाले अन्तिम टुक्रा मागे, तब कृष्णले भने, '`यो त न्याय भएन नि मित्र ! आखिर मलाई पनि भोक लागेको छ !! म तिमीलाई माया गर्छु, तर तिमी भने मलाई पटक्कै माया गर्दैनौ।'´ यति भनेर कृष्णले फलको टुक्रा मुखमा हाले । तर मुखमा हाल्नासाथ तुरुन्तै थुकिदिए किनकि फल ज्यादै नै तितो र टर्राे थियोे ।

फल थुकेपछि कृष्णले भने '`हैन सुदामा, तिमी पागल त भएनौ ! यस्तो तितो र टर्राे फल खान कसरी सकेकाे ?´'  

सुदामाको जवाफ थियो ‘`जसका हातबाट संधै मिठा फलफूल खान पाइन्छ, उसंग जाबाे एउटा तितो फलको बारेमा कसरी गुनासो गर्ने ? तिमीलाई थाहा नहोस् भनेर सबै टुक्राहरू खान खाेजेकाे थिएँ मैले !"

                                          ***

अनुवाद तथा परिमार्जन : मुरामि

Comments

Popular posts from this blog

पिता धर्मः पिता स्वर्गः ..... सर्वतीर्थमयी माता

भजन/श्लोक (भावानुवाद)

नियात्रा : बाघ बस्ने अँध्यारो गुफाभित्र पस्दा...