Posts

Showing posts from December 13, 2020

मानव जीवनमा गीताकाे महत्त्व

"मानव जीवनमा गीताकाे महत्त्व " ------------------------------------ मुरारीराज मिश्र याेगेश्वर भगवान् श्रीकृष्णका मुखारविन्दबाट निस्किएको गीता जस्ताे संसारकै सबैभन्दा उत्कृष्ट, गहन र पवित्र ज्ञान ग्रन्थ; जसमाथि हजारौं बिद्वान् बिदुषीहरुका लाखौं लेख, प्रवचन र पुस्तक सार्वजनिक भएका छन्, त्यसका बारेमा कलम चलाउन खाेज्नु म जस्ताका लागि एउटा दुस्साहसपूर्ण कार्य हाे । गीताका बारेमा जान्न चाहने जिज्ञासु भएतापनि यसका बारेमा केही लेख्ने मेराे कुनै साेच अझ भनाैं आँँट नै थिएन । यसैक्रममा, केही महिना अघि देखि निरन्तररुपमा गीताका गहन संस्कृत शब्दहरुका भावार्थलाई सरल नेपाली भाषामा सामाजिक सञ्जाल मार्फत सुस्वादु रुपबाट पस्कंदै आउनु भएका र निकट भविष्यमै "भक्ति, कर्म र ज्ञानको त्रिवेणी: श्रीमद्भगवद्गीता (पद्य भावानुवाद)" प्रकाशन गर्ने तैयारीमा जुट्नुभएका बरिस्ठ शिक्षाविद् आदरणीय श्री युवराज न्याैपानेज्यूले दिनुभएको प्रेरणा र हाैसलाले गर्दा उहाँप्रति आभारी हुँदै गीताका बारेमा आफ्ना भावनाहरु संक्षेपमा पाेख्ने जमर्को गरेकाे छु । मेरा यी प्रयाश सिन्धुमा विन्दु सरह हुन् । मेराे याे दुस्साह