Posts

Showing posts from August 11, 2019

भजन/श्लोक (भावानुवाद)

Image
१. #मूल_श्लाेक ''सच्चिदानन्द रूपाय विश्वोत्पत्यादि हेतवे, तापत्रय विनाशाय श्री कृष्णाय वयं नमः ।।'' #नेपाली_भावानुवाद रुप छ सत्य-अानन्द, पालनहार हाै विश्वका । उत्पत्ति, स्थिति र संहार, गर्दछाै तिमी सृष्टिका ।। भक्तका तिनवटै ताप, हर्ने, तिम्रै पर्‍याैं भर। सच्चिदानन्द श्रीकृष्ण नमन् हाम्रो ग्रहण गर ।। (भावानुवाद: मुरारीराज मिश्र) २. #मूल_श्लोक करारविन्देन पदारविन्दं मुखारविन्दे विनिवेशयन्तम्। वटस्य पत्रस्य पुटे शयानं बालं मुकुन्दं मनसा स्मरामि।। #नेपाली_भावानुवाद समाई गाेडा, मुखमा पुर्‍याई । चुसिरहेछन् , बहुतै रमाई ।। वट्-पत्रकाे बिच, शयन छ जस्काे । गर्छु स्मरण, बालमुकुन्दजीकाे ।। (भावानुवाद: मुरारीराज मिश्र) ३. #मूल_संस्कृत_श्लोक कर्पूर गौरम करुणावतारं, संसारसारं भुजगेन्द्र  हारम । सदावसन्तं हृदयारविन्दे भवं भवानी सहितं नमामि ।। #नेपाली_भावानुवाद कपूरजस्तै, छ स्वरुप सेताे । दयावतार् हुन् , यी समस्त भक्तको ।। संसारको सार, अाधार नै उनी । भिर्छन् गलामा, उनी नागहार् पनि ।। चिता-खरानी घसी, शाेभित अङ्ग अङ्ग । हुन्छन् यी भक्तहरुमा हर-क्ष