महिला शिक्षा र पद्मकन्या विद्याश्रम

विद्यालयको ७७ओैं बार्षिकाेत्सवकाे सन्दर्भमा: ✍️ मुरारीराज मिश्र, शिक्षाको महत्व : अन्नदानं परं दानं विद्यादानमतः परम् । अन्नेन क्षणिका तृप्ति र्यावज्जीवं च विद्यया ॥ ( भावार्थ; अन्नदान ठूलो दान हाे भने विद्यादान त्याे भन्दा पनि ठूलो दान हाे । किनकि, अन्नबाट क्षणभर मात्र तृप्ति हुन्छ तर विद्याले आजीवन तृप्त गराउँछ) मा नव जीवनमा शिक्षाको महत्व कति छ भन्ने कुरा हामी माथिको श्लोकबाट पनि अनुमान लगाउन सक्छौं । वास्तवमा शिक्षा उज्यालोको त्यो श्रोत हो, जुन उज्यालोले हामी मानवलाई जीवनको बिभिन्न क्षेत्रमा अमूल्य मार्गदर्शन गर्ने गर्छ । शिक्षाले मानवको ब्यक्तित्व निमांणमा सहयोग पुर्याउंछ । शिक्षाले नै मानिसभित्र आत्मबिश्वास र सकारात्मक बिचार पैदा गर्छ । जीवनमा अघि बढ्न र सफलता प्राप्त गर्न उचित शिक्षा आर्जन गर्नु सवैको लागि अत्यावश्यक छ । शिक्षा आर्जन नगर्नु भनेको अन्धकारमा बस्नु सरह हो । शायद यहि तथ्यलाई बुझेर होला सभ्यताको...