Posts

Showing posts from July 17, 2022

लघुकथा पाँच रुपैयाँ

Image
#लघुकथा         "पाँच रुपैयाँ" काम बिशेषले बस चढेर जाँदै थिएँ । म संगैकाे सिटमा उमेरले जेष्ठ नागरिक देखिने कपाल सेतै फुलेका एकजना भलादमी पुरुष हुनुहुन्थ्यो । अघिल्लो बिसाैनीमा उहांलाई ओर्लनु पर्ने रहेछ । उहाँले खल्तीबाट बीस रुपैयाँको नाेट झिकेर खलासीलाई दिंदै भन्नुभयाे "म लाहुरे चाेकबाट आएकाे, अगाडीकाे चाेकमा बस राेकिदेऊ है बाबु ।" खलासी भाइले "भाडा पच्चीस रुपैयाँ हाे, पाँच रुपैयाँ पुगेन दिनुस्" भने । उहाँले नम्र स्वरमा "बाबु, म संधै बसमा आउने-जाने गर्छु, यहाँ सम्मकाे भाडा यति नै हाे भन्ने मलाई थाहा छ" भन्नुभयो तर खलासीले मानेनन् । "पाँच रुपैयाँ दिनैपर्ने" जिद्दी गरि नै रहे । खलासीले नमानेपछि, उहाँले खल्तीबाट एउटा कार्ड निकालेर खलासीलाई देखाउँदै भन्नुभयो "सकभर याे देखाउन त मन थिएन बाबु, तर जति भन्दा पनि मानेनाैं ! याे मेराे जेष्ठ नागरिक परिचयपत्र हाे । यदि, पच्चीस रुपैयाँ नै भाडा हाे भन्छाै भने, मैले पाउने छुट वापतकाे रकम फिर्ता देऊ लाै अब !" खलासीभाईले अमिलो अनुहार पार्दै पाँच रुपैयाँ फिर्ता दिए ।  उमामहेश्वर मार्ग, कुमारीगाल

मुक्तकहरु १

Image
 #मुक्तक लज्जा बिहिनताले हद नाघ्दैछ, मानिसमा नाङ्गिने भाेक जाग्दैछ, गर्नु गर्‍यो हजुर याे फेसनले बिचराे शरीर कपडा माग्दैछ !                         ✍️ मुरामि मुक्तक: श्रीमान् श्रीमती सूचिमा परेछन्, छाेरा छाेरी चैं छुट्लान् नि ! दाजुभाइ लाई नबिर्सनु, नत्र बिराेधमा उठ्लान्  नि ! कार्यकर्ता त दासै हुन्, रिसाएर के फरक पर्छ र ! साला, ज्वाईं, सम्धी छुटायाै भने, आफ न्तले नै कुट्लान् नि !! मुक्तक: के स्वाभिमान भन्दा ठूलो पद हुन्छ ! के पद पाए मात्रै ठूलाे कद हुन्छ ! गिरेर तलुवै नचाटाैं न हजुर चाकडीकाे पनि त याैटा हद हुन्छ !             जिन्दगी जिउने क्रममा धेरै सम्झौता तिमीले गर्‍यौ,   समस्या आईपर्दा संधै गाँठो फुकाउन अघि सर्‍याै, किन मनपराएँ मैले भनि साेध्थ्याै नि तिमी मलाई ! हाे, तिम्रो यस्तै बानीले गर्दा तिमी मलाई मन पर्‍याै ।                                                                                      यता छाेप्याे, उता नाङ्गै  उता छाेप्याे, यता नाङ्गै  लज्जा पनि लजाएछ जता हेर्‍यो, उतै नाङ्गै !