Posts

Showing posts from May 3, 2020

भजन

भक्तिरुपी दीयाेले, गर्दैछु आरती म याे बिश्व नै हाे तिम्रो, आखिर् चढाउँ के म ? लाखौं स्वरुप तिम्रो, गर्छाै अनेक लीला काे देव, काे मनुवा, चिन्ने कसाेरी हाेला ! श्रद्धाकाे पुष्पगुच्छा, अर्पन्छु प्रेमले म याे बिश्व नै हाे तिम्रो, आखिर् चढाउँ के म ? स्वप्ना संधै प्रभुकै, देख्छु हरेक रात निन्द्रा खुलेर हेर्दा, हुन्छु यहाँ म मात्र सप्रेम याे जीवन् नै, सुम्पन्छु हे प्रभाे म याे बिश्व नै हाे तिम्रो, आखिर् चढाउँ के म ? भक्तिरुपी दीयाेले, गर्दैछु आरती  म याे बिश्व नै हाे तिम्रो, आखिर् चढाउँ के म ?                                  ✍ मुरामि