शब्दसुमन
मुरारीराज मिश्रले आमा बाबाको स्मृतिमा लेख्नुभएको भक्तिरचना संग्रह हो ‘शब्दसुमन’ । मिश्रले संस्कृतमा भएका श्लोकहरूलाई सरल नेपाली भाषामा भावानुवाद गरी सनातनी भक्तहरूलाई सजिलो बनाइदिनुभएको छ । कति गर्छौं तेरो मेरो ? छैन केही स्थायी नाङ्गै आयौँ, जानुपर्छ , खाली हातै भाइ ।। दुःख गरी कमाएको, धन सम्पत्ति मान । मर्ने बेला पाइँदैन आफ्नो साथमा लान ।। साँच्छौ किन यस्तो धन, आफू खाइ नखाई ? नाङ्गै आयौँ, जानुपर्छ, खाली हातै भाइ ।। (कति गर्छौ तेरो मेरो, पृ.१३) ”हरेक बिहान आमाले पाठ गर्नुभएको भागवत कुञ्ज, कोमलगीता, रामायण आदि पुस्तकहरूका श्लोकहरू बाल्यकालदेखि नै सुन्दै हुर्केकाले, अर्थ नबुझे पनि केही श्लोकहरू मुखाग्रै भएका थिए ।”, कवि मिश्र आफ्नो कुरामा लेख्नुहुन्छ, ”थोरै बुझ्ने भएपछि बिस्तारै त्यस्ता धार्मिक भजन र पुस्तकप्रति रुचि बढ्दै गयो । अहिलेको जस्तो मनोरञ्जनका अन्य साधनहरू नभएको त्यसताका, रेडियो नेपालको धार्मिक कार्यक्रममा दिनहुँ बिहान बज्ने भजनहरु हामी प्रायः सुन्ने गर्थ्यौँ । घर नजिकैको पशुपतिनाथ र वासुकिनाथ मन्दिरभित्...