Skip to main content

चारजना राष्ट्रपतिलाई एकैसाथ देख्नपाएकाे क्षण

  नियात्रा :

                    ✍️ मुरारीराज मिश्र

दिउसो टण्टलापुर घाम लागेतापनि अक्टोबर महिनाकाे अन्तिम सातामा नै यहाँ जाडोले बिस्तारै टाउकाे उठाउन थालिसकेको थियोे ।  घना जङ्गल र दशहजार भन्दा बढी ताल भएकाे राज्य भनेर चिनिने मिनिसाेटा सामान्यतया चिसो हुने ठाउँमा गनिन्छ । 

यहाँका धेरै तालहरू, मध्य जाडाेयाममा निकै बाक्लो हिउँ जमेर तालमाथि नै हिंड्न मिल्ने हुने रहेछन् ! हिउँ जमेपछि सरकारले ताेकेका यस्ता तालहरूकाे बिचमा निश्चित समयका लागि क्याम्प बनाएर पिकनिक मनाउने, हिउँमा प्वाल पारेर बल्छी हालि माछा मार्ने लगायतका गतिविधि समेत गर्न पाइने रहेछ ! 

घुम्न जाने ठाउँकाे माैसमी जानकारी बटुल्दै गरेकी छाेरी सम्पदाले “अबकाे दुई सातापछि हिमपातकाे संभावना छ । त्यसपछि जाडो बढेर जान सकिन्न, त्यसैले ढीलाे नगरीकन गइहाल्नु पर्छ” भन्दै भ्रमणको हतारो देखाइन् । साउथ डकाेटास्थित चारजना पूर्व राष्ट्रपतिकाे टाउकाे कुँदिएकाे पहाड माउन्ट रशमाेर द नेशनल प्रेसिडेन्शियल वाक्स म्युजियम घुम्न जाने कार्यक्रमकाे सन्दर्भमा उनलेे याे कुरा भनेकी थिइन् । 

“हामी त तिमीहरूको पछि-पछि लाग्ने न हाे, जता-जता लान्छाै त्यतै जाउँला ।” मैले हाँस्दै भनें । हुन पनि, वरिपरिको क्षेत्रमा पैदल घुम्नु र नजिकै पसलमा सामान किन्नु जस्ता सामान्य काम बाहेक सवारीसाधन चलाउन नजान्ने र भाषामा पाेख्त नभएका मानिसले विभिन्न शहरमा एक्लै भ्रमणमा जानू प्रायः असम्भव नै हुन्छ यहाँ ।

अन्ततः ६ दिनपछि भ्रमणमा जाने कार्यक्रम तय भयाे । हामी बसेकाे ठाँउ मिनियापोलिसबाट ६०० माइल भन्दा पर पर्ने माउन्ट रशमाेर जान आउन पाँच दिन लाग्थ्यो । छाेरी र ज्वाईं भ्रमणको आवश्यक तैयारीमा लागे । 

माउन्ट रशमाेर जाने दुई दिन अघि अकस्मात् ज्वाईंकाे आँखामा इन्फेक्सन देखियाे । जाने तरखरमा रहेका हामी धर्मसंकटमा पर्‍यौं । श्रीमतीजीले त “अहिले नजाऊँ, ज्वाईलाई ठीक भएपछि जाँदा भइहाल्छ नि” भनेकी थिइन्, तर “भ्रमणको सबै बुकिङ भइसकेकाे र अहिले यात्रा रद्द गर्दा माैसमका कारण पछि जान नमिल्ने हुन सक्ने भएकाले जानु नै उचित हुन्छ” भन्ने ज्वाईंकाे सल्लाह मानेर, २२ अक्टोबर बिहान ९ बजे मनमा केही खल्लो मान्दै हामी चारजना श्रीमती कल्पना, छाेरी सम्पदा, छाेरा काैशल र म यात्राका लागि घरबाट गाडीमा निस्कियाैं । 

मा‌ैसम सफा थियोे । बाहिर घाम लागिरहेको भएतापनि बाताबरण तात्न सकेको थिएन । हल्का हावा चल्दै थियोे । केही बेरमा गाडीले मिनियापोलिसकाे व्यस्त सडक पार गरि साउथ डकाेटा जाने हाइवेमा प्रवेश गर्‍यो । हाइवेका दुबैतर्फ आँखाले भ्याएसम्म खेतीयोग्य खालि जग्गा देखिए । जग्गामा कतै मकै टिपेर बाँकी रहेका ढाेड (मकैकाे सुकेका बाेट), कतै खेतीका लागि खनजाेत गरेर छाेडेका र कतै गाईका बथान चरिरहेका देखिए । 

बाटोका दुबैतिर सयाैंकाे संख्यामा हावाबाट बिजुली निकाल्ने विन्ड मिल (पवन पंखा) घुमिरहेका देखिन्थे । यहाँको बिद्युत आपूर्तिकाे प्रमुख स्रोत यिनै विन्ड मिल रहेछन् । प्रकृतिले जहाँ जे स्रोत दिएको छ त्यसैलाई सदुपयोग गरेर देश सम्वृद्ध पार्ने हाे । यहाँ निकै चल्ने हावालाई बिजुलीमा परिणत गरेकाे देखेर जलस्रोतको धनी देशकाे बासिन्दा मलाई अझैसम्म पनि प्राकृतिक वरदान स्वरूप प्राप्त जलस्रोतको समुचित उपयोग गर्न नसकेकोमा पीडाकाे अनुभूति भयाे ।

बाटोमा प्रत्येक ७०-८० माइलकाे फरकमा सुविधासम्पन्न रेष्ट एरियाहरू बनेका थिए । आराम, शाैच र खानपिनका लागि ती रेष्ट एरियाहरूमा उपलब्ध सुविधाकाे पटकपटक उपयाेग गर्दै हामी अघि बढ्दै गयाैं । झण्डै २८५ माइल पार गरेर साउथ डकोटाको सबैभन्दा ठूलो सहर सिओक्स फल्स पुग्न हामीलाई करिब ५ घण्टा लाग्याे । 

पानीको बहाव ठूलो नभएतापनि अचम्म आकृतिका ढुंगामाथि बनेकाे झरना आकर्षक देखिन्थ्यो । फल्स एरिया अवलोकनका लागि यहाँ टावर पनि थियोे । 

आजको रात यतै बिताउने कार्यक्रम थियोे हाम्रो । यहाँ आउनुअघि नै हाेटेल बुक गरिसकेकाले काेठामा सामान राखेर साँझपख फल्स पार्क र बजार क्षेत्र घुमघाम गरियो । यहाँको बजार पुराना गहना, फर्निचर लगायत प्राचीन, पुरातन वस्तुहरू र सङ्कलन योग्य विभिन्न सरसामानका लागि प्रसिद्ध रहेछ ।

भाेलिपल्टकाे हाम्रो यात्रा यहाँबाट र्‍यापिड सिटीसम्मकाे थियोे । बिहान ८ बजे नै नास्ता खाएर निस्केका हामी सिओक्स फल्सबाट ७३ माइल परकाे मिचेल शहर १ घण्टा १० मिनेटमा पुगियो । 

याे शहरमा सन् १८९२ मा स्थापना भएको विश्वको एकमात्र कर्न प्यालेस (मकै दरबार) रहेको छ । नि:शुल्क प्रवेश पाइने कर्न प्यालेसभित्र मकैबाट निर्मित बस्तुहरू, मकैका परिकार र मक‌ैकाे महत्त्व झल्काउने विभिन्न कुराहरू प्रदर्शनका लागि राखिएका थिए । 

कर्न प्यालेसकाे अवलोकन पछि खाना खाएर यात्रा जारी राख्यौं । हाइवे आँखाले देखुन्जेल सिधा र समथर थियोे । बाटोका दुबै तिर खेती गर्न खनजाेत गरेर तैयार गरेका जमिन थिए । यतातिर भने मिनिसाेटाका जस्ता ठूला तालहरू नभएर सानासाना पाेखरीहरू देखिए । 

हाइवेमा कतैपनि चाैवाटाे जाेडिएका देखिएनन् । अर्को बाटाेले हाइवेलाइ क्रस गर्न, ती बाटाेका दुबै साइडलाई हाइवेभन्दा करिव १०० मिटर जति परबाट हल्का उकालोजस्तो बनाएर ल्याई हाइवेकाे ठीक माथि पुल बनाइएकाे थियोे । जसले गर्दा सवारीसाधनले सबैतिरबाट निर्वाध र अनुशासित रूपमा चल्न पाएका थिए । 

हाइवेमा रेष्ट एरिया बाहेक मानव बस्ती र पसलहरू कतै देखिएनन् । नेपालमा हरेक सडकमा जाेडिएका पसल, हाेटेल र घरहरू देख्दै आएको मलाई यस्ताे खाली खाली दृश्य देखेर अनाैठाे महसूस गरें । 

झन्डै ८० माइलकाे गतिमा गाडी कुदिरहेकाे थियो । झ्यालबाट हावाका कारणले हल्लिएका रुखहरू तथा प्राकृतिक दृश्य मनमाेहक देखिन्थे । पाताल देश भनिने अमेरिकाकाे भूभागमा श्रीमती र छाेराछाेरीकाे साथमा गरिएको लामाे सडक यात्राले मलाई भने मनभित्र अवर्णनीय सुखानुभूति भइरहेको थियोे । 

मिचेलबाट हिंडेको ४ घण्टापछि दिउसो ३ बजेतिर २२० माइल पर पर्ने साउथ डकाेटाकाे ब्यस्त शहर र्‍पापिड सिटी पुगियो । बुक गरेको हाेटेल पुगेर काेठामा सामान राखेर फ्रेस भयाैं । भाेक लागिरहेको थियोे । खाजा खाएर केहीबेर रेष्ट गरेपछि शहर घुम्न निस्कियाैं । यहाँको एउटा नेपाली रेष्टुरेन्टमा रातिकाे खाना खायाैं । बाग्लुङतिरबाट आएका रेष्टुरेन्ट सञ्चालक भाइसंग गफगाफ गर्दा बेग्लै रमाइलो महसुस भयाे । केही बेरकाे लागि हामी नेपालमा नै छाैं भन्ने भान पर्‍यो ।

२४ अक्टोबरका दिन बिहान हाेटेलमा ब्रेकफास्ट पछि र्‍पापिड सिटीबाट करिव २५ माइल पर पर्ने ब्ल्याक हिल्समा रहेको माउन्ट रशमाेर जान निस्कियाैं । नेपालकाे जस्तै घुमाउरो बाटाे, डाँडाकाँडा, घना जङ्गल, विभिन्न प्रजातिका रुखहरू भएको र माैसम पनि उस्तै लाग्ने याे क्षेत्र अग्लो चट्टानमा खाेपिएका चार अमेरिकी राष्ट्रपतिहरूका टाउकोका कलाकृतिका लागि प्रसिद्ध छ ।

यहाँ स्थित सन् १९२५ मा स्थापित माउन्ट रशमोर राष्ट्रिय स्मारकभित्र पर्ने ब्ल्याक हिल्सकाे टाकुरोमा, चारजना अमेरिकी पूर्वराष्ट्रपतिहरू जर्ज वाशिंगटन, थोमस जेफरसन, अब्राहम लिंकन र थियोडोर रुजवेल्टका टाउकोका ६० फिट अग्ला आकर्षक मूर्तिहरू खाेपिएका छन् । ग्रेनाइट पहाडको टुप्पोमा बनाइएका ती आकृतिहरूका कारणले साउथ डकाेटाकाे यस क्षेत्र, अमेरिकाकाे प्रमुख पर्यटकीय गन्तव्य मध्येकाे एक बनेकाे छ ।

हामी पुग्दा निकै स्वदेशी र विदेशी पर्यटकहरू त्यहाँ पुगिसकेका थिए । केही भीड भएपनि कुनै हल्लाखल्ला थिएन । सबैजना शान्त र अनुशासितरूपले स्मारक नियाल्दै गरेका देखिन्थे । नेपालका पर्यटकीय स्थलमा जाँदा देखिने हाेहल्ला, तँछाडमछाड, उच्छृङ्खल गतिविधि  र फाेहाेर सम्झिएँ, फिस्स हाँसो उठ्यो ।

हामी पनि पर्यटककाे हूलमा मिसियाैं । निकैबेर लगाएर त्यहाँकाे अवलोकन गर्‍यौं । तस्बिर खिचियाे । ती टाउकोका मूर्तिहरू स्मारक क्षेत्रकाे दृश्यावलाेकनका लागि ताेकिएकाे स्थानबाट झन्डै ५०० मिटरको दुरि परकाे पहाडमा अवस्थित थिए ।

समुद्र सतहभन्दा १७४५ मीटर उचाइमा रहेकाे यस स्मारक क्षेत्र १२८० एकड एरियामा फैलिएको छ । संयुक्त राज्य अमेरिकाको आन्तरिक विभागको ब्यूरो अन्तर्गतको याे स्मारक हेर्न विश्वभरबाट वर्षमा २० लाखभन्दा बढी मानिस यहाँ आउने गरेका रहेछन् । 

माउन्ट रशमोरको ग्रेनाइटमा कुँदिएका चार अमेरिकी राष्ट्रपतिहरूलाई संयुक्त राज्य अमेरिकाको स्थापना, वृद्धि, संरक्षण, विकास र स्वतन्त्रताका सिद्धान्तहरूको प्रतीक मानिएको छ । जसमध्ये जर्ज वाशिङटनलाई स्वतन्त्रताको सङ्घर्ष र गणतन्त्र संस्थागत, थाेमस जेफरसनलाई देशको क्षेत्रीय विस्तार, अब्राहम लिंकनलाई राज्यहरूको स्थायी संघ  र सबै नागरिकहरूको समानता तथा थियोडोर रुजवेल्टलाई विश्व मामिलामा संयुक्त राज्य अमेरिकाको २० औं शताब्दीको भूमिका र आम मानिसको अधिकारका लागि पुर्‍याएको याेगदानकाे आधारमा छनाैट गरिएको थियोे । 

स्मारक भित्रकाे हलमा यी मूर्तिहरू खाेप्दाकाे इतिहासकाे डकुमेन्ट्री देखाइँदै थियोे । त्यसबेला प्रयाेगमा ल्याइएका सामानकाे प्रदर्शनी पनि भइरहेको थियाे । साथै, तत्सम्बन्धी पुस्तक, स्मारकका चिन्ह र कपडा बिक्री कक्ष पनि सञ्चालित थिए । 

यहाँपछिकाे हाम्रो गन्तव्य माउन्ट रशमाेरबाट करिव २ किमि परकाे दुरीमा रहेकाे अमेरिकी सबै राष्ट्रपतिहरूका मैनबाट निर्मित मूर्ति राखिएकाे द नेशनल प्रेसिडेन्शियल वाक्स म्युजियम थियोे ।



अनलाइन टिकट काटेर म्युजियमभित्र पसेपछि,  बेग्लाबेग्लै कक्षमा हालसम्मका सबै अमेरिकी राष्ट्रपतिको जीवनी, सपथग्रहण, कार्यकालका महत्त्वपूर्ण तथा अविस्मरणीय क्षण, अफिसियल भेटघाट र कार्यशैली झल्किने अहिले नै बाेल्लान् झैँ लाग्ने, मैनबाट बनेका एकसय भन्दा बढी पूर्णकदका मूर्तिहरू देख्न पाइन्छ । यी मूर्तिहरू कलाकारिताकाे अद्वितीय नमूना पनि हुन् । यहाँ, प्रत्येक दृश्यको सन्दर्भ र इतिहास वर्णन गर्ने स्वचालित अडियो समेत सुन्न पाइन्छ ।

एकघण्टा जति समय म्युजियममा बिताएर हामी निस्कियाैं । जाडाे सिजन सुरु हुन थालेका कारण बाटाेका दुबैतर्फका अधिकांश पसल, रेष्टुरेन्ट बन्द थिए । फाट्टफुट्ट खुलेका पसल बाटोका रमणीय दृश्य नियाल्दै र्‍यापिड सिटी फिर्ता भयाैं । खाना खाएर दिउँसो ड्रागन पार्क लगायतका स्थानका घुमघाम भयाे ।  

२५ अक्टोबरकाे बिहान ब्रेकफास्ट पछि फिर्ती यात्रा सुरू भयाे । निकै तीव्र गतिमा हावा चलिरहेकोले माैसम चिसाे थियोे । रेष्ट एरियामा गाडीबाट निस्कंदा हावाकाे वेगले उडाउला जस्तो हुन्थ्याे । समय समयमा विश्राम गर्दै दिउसो सिओक्स फल्सस्थित हाेटेलमा पुगियाे ।

बेलुकीपख सपिङ्ग मल, बजार र पार्क तिर घुमघाम भयो । नजिकैको ईन्डियन रेष्टुरेन्टमा खाना खाएर राति हाेटेल फर्कियाैं । थकाइले हाेला राति मज्जाकाे निन्द्रा पर्‍यो । भाेलिपल्ट बिहान ब्रेकफास्ट पछि ९ बजे  फिर्ती यात्रा सुरु भयाे । सियाेक्स फल्सबाट ९ बजे हिंडेका हामीले साँझ ४ बजे मिनियापोलिसस्थित घर पुगेर पाँच दिने राेमाञ्चक र अविस्मरणीय यात्राकाे बिट मार्‍याैं ।

(उमामहेश्वर मार्ग, कुमारीगाल, काठमाडौं -७)

मधुपर्कमा प्रेषित ०८१-११-२४

~~~~~~~~~~~~~~~~~~~~~~~~~


यात्रासंस्मरण : चार राष्ट्रपतिलाई एकैसाथ देख्नपाएको क्षण

मुरारीराज मिश्र

फाल्गुन २१, बुधबार १६:०१

दिउँसो टन्टलापुर घाम लागे तापनि अक्टोबर महिनाको अन्तिम सातामा नै यहाँ जाडोले बिस्तारै टाउको उठाउन थालिसकेको थियो । घना जङ्गल र दश हजार भन्दा बढी ताल भएको राज्य भनेर चिनिने मिनिसोटा सामान्यतया चिसो हुने ठाउँमा गनिन्छ ।

यहाँका धेरै तालहरू, मध्य जाडोयाममा निकै बाक्लो हिउँ जमेर तालमाथि नै हिंड्न मिल्ने हुने रहेछन् ! हिउँ जमेपछि सरकारले तोकेका यस्ता तालहरूको बीचमा निश्चित समयका लागि क्याम्प बनाएर पिकनिक मनाउने, हिउँमा प्वाल पारेर बल्छी हाली माछा मार्ने लगायतका गतिविधि समेत गर्न पाइने रहेछ !

 

हामी यहाँ आएको केही दिनपछि, घुम्न जाने ठाउँको जानकारी बटुल्दै गरेकी छोरी सम्पदाले “अबको दुई सातापछि हिमपातको सम्भावना छ । त्यसपछि जाडो बढेर जान सकिन्न, त्यसैले ढीलो नगरीकन गइहाल्नु पर्छ” भन्दै भ्रमणको हतारो देखाइन् । साउथ डकोटास्थित चार जना पूर्व राष्ट्रपतिको टाउको कुँदिएको पहाड माउन्ट रशमोर र नेशनल प्रेसिडेन्शियल वाक्स म्युजियम घुम्न जाने कार्यक्रमको सन्दर्भमा उनले यो कुरा भनेकी थिइन् ।

“हामी त तिमीहरूको पछि–पछि लाग्ने न हो, जता–जता लान्छौ त्यतै जाउँला ।” मैले हाँस्दै भनें । हुन पनि, वरिपरिको क्षेत्रमा पैदल घुम्नु र नजिकै पसलमा सामान किन्नु जस्ता सामान्य काम बाहेक सवारीसाधन चलाउन नजान्ने र भाषामा पोख्त नभएका मानिसले विभिन्न शहरमा एक्लै भ्रमणमा जानु प्रायः असम्भव नै हुन्छ यहाँ ।

अन्ततः ६ दिनपछि भ्रमणमा जाने कार्यक्रम तय भयो । हामी बसेको ठाँउ मिनियापोलिसबाट ६०० माइल भन्दा पर पर्ने माउन्ट रशमोर जान आउन पाँच दिन लाग्थ्यो । छोरी र ज्वाइँ भ्रमणको आवश्यक तैयारीमा लागे ।

माउन्ट रशमोर जाने दुई दिन अघि अकस्मात् ज्वाइँको आँखामा इन्फेक्सन देखियो । जाने तरखरमा रहेका हामी धर्मसंकटमा पर्यौं । श्रीमतीजीले त “अहिले नजाऊँ, ज्वाइँलाई ठीक भएपछि जाँदा भइहाल्छ नि” भनेकी थिइन्,

तर “भ्रमणको सबै बुकिङ भइसकेको र अहिले यात्रा रद्द गर्दा मौसमका कारण पछि जान नमिल्ने हुन सक्ने भएकाले जानु नै उचित हुन्छ” भन्ने ज्वाइँको सल्लाह मानेर, २२ अक्टोबर बिहान ९ बजे मनमा केही खल्लो मान्दै हामी चार जना श्रीमती कल्पना, छोरी सम्पदा, छोरा कौशल र म यात्राका लागि घरबाट गाडीमा निस्कियौं ।

मौसम सफा थियो । बाहिर घाम लागिरहेको भए तापनि वातावरण तात्न सकेको थिएन । हल्का हावा चल्दै थियो । केही बेरमा गाडीले मिनियापोलिसको व्यस्त सडक पार गरी साउथ डकोटा जाने हाइवेमा प्रवेश गर्‍यो । हाइवेका दुवैतर्फ आँखाले भ्याएसम्म खेतीयोग्य खालि जग्गा देखिए । जग्गामा कतै मकै टिपेर बाँकी रहेका ढोड (मकैको सुकेका बोट), कतै खेतीका लागि खनजोत गरेर छोडेका र कतै गाईका बथान चरिरहेका देखिए ।

बाटोका दुवैतिर सयौंको संख्यामा हावाबाट बिजुली निकाल्ने विन्ड मिल (पवन पंखा) घुमिरहेका देखिन्थे । यहाँको विद्युत आपूर्तिको प्रमुख स्रोत यिनै विन्ड मिल रहेछन् । प्रकृतिले जहाँ जे स्रोत दिएको छ त्यसैलाई सदुपयोग गरेर देश संवृद्ध पार्ने हो । यहाँ निकै चल्ने हावालाई बिजुलीमा परिणत गरेको देखेर जलस्रोतको धनी देशको बासिन्दा मलाई, आफ्नो देशले अझैसम्म पनि प्राकृतिक वरदान स्वरूप प्राप्त जलस्रोतको समुचित उपयोग गर्न नसकेकोमा पीडाको अनुभूति भयो ।

सवारी चालक फ्रेस हुँदै रोकिंदै यात्रा गरून् र दुर्घटना नहोस् भन्ने कुरालाई ध्यानमा राखेर बाटोमा प्रत्येक ७०–८० माइलको फरकमा सुविधासम्पन्न रेष्ट एरियाहरू बनेका थिए । यो देखेर, काठमाडौं बाहिर यात्रा गर्दा बाटोमा शौच लाग्दा झाडी वा कुनाकाप्चामा जानुको विकल्प नभेटेको मलाई अचम्म लाग्यो । आराम, शौच र खानपिनका लागि ती रेष्ट एरियाहरूमा उपलब्ध सुविधाको पटकपटक उपयोग गर्दै हामी अघि बढ्दै गयौं । झण्डै २८५ माइल पार गरेर साउथ डकोटाको सबैभन्दा ठूलो शहर सिओक्स फल्स पुग्न हामीलाई करीब ५ घण्टा लाग्यो ।

पानीको बहाव ठूलो नभए तापनि अचम्म आकृतिका ढुङ्गामाथि बनेको झरना आकर्षक देखिन्थ्यो । फल्स एरिया अवलोकनका लागि यहाँ टावर पनि थियो । आजको रात यतै बिताउने कार्यक्रम थियो हाम्रो । यहाँ आउनुअघि नै होटेल बूक गरिसकेकाले कोठामा सामान राखेर साँझपख फल्स पार्क र बजार क्षेत्र घुमघाम गरियो । यहाँको बजार पुराना गहना, फर्निचर लगायत प्राचीन, पुरातन वस्तुहरू र सङ्कलन योग्य विभिन्न सरसामानका लागि प्रसिद्ध रहेछ ।

भोलिपल्टको हाम्रो यात्रा यहाँबाट र्यापिड सिटीसम्मको थियो । बिहान ८ बजे नै नास्ता खाएर निस्केका हामी सिओक्स फल्सबाट ७३ माइल परको मिचेल शहर १ घण्टा १० मिनेटमा पुगियो । यो शहरमा सन् १८९२ मा स्थापना भएको विश्वको एक मात्र कर्न प्यालेस (मकै दरबार) रहेको छ । निःशुल्क प्रवेश पाइने कर्न प्यालेसभित्र मकैबाट निर्मित वस्तुहरू, मकैका परिकार र मकैको महत्त्व झल्काउने विभिन्न कुराहरू प्रदर्शनका लागि राखिएका थिए ।

कर्न प्यालेसको अवलोकन पछि खाना खाएर यात्रा जारी राख्यौं । हाइवे आँखाले देखुन्जेल सिधा र समथर थियो । बाटोका दुवैतिर खेती गर्न खनजोत गरेर तैयार गरेका जमीन थिए । यतातिर भने मिनिसोटाका जस्ता ठूला तालहरू नभएर सानासाना पोखरीहरू देखिए ।

हाइवेमा कतै पनि चौबाटो जोडिएका देखिएनन् । अर्को बाटोले हाइवेलाई क्रस गर्न, ती बाटोका दुवै साइडलाई हाइवेभन्दा करीब १०० मिटर जति परबाट हल्का उकालोजस्तो बनाएर ल्याई हाइवेको ठीक माथि पुल बनाइएको थियो । जसले गर्दा सवारीसाधनले सबैतिरबाट निर्बाध र अनुशासित रूपमा चल्न पाएका थिए ।

हाइवेमा रेष्ट एरिया बाहेक मानव बस्ती र पसलहरू कतै देखिएनन् । नेपालमा हरेक सडकमा जोडिएका पसल, होटेल र घरहरू देख्दै आएको मैले यस्तो दृश्य देखेर अनौठो महसूस गरें ।

झन्डै ८० माइलको गतिमा गाडी कुदिरहेको थियो । झ्यालबाट हावाका कारणले हल्लिएका रूखहरू तथा प्राकृतिक दृश्य मनमोहक देखिन्थे । पाताल देश भनिने अमेरिकाको भूभागमा श्रीमती र छोराछोरीको साथमा गरिएको लामो सडक यात्राले मलाई भने मनभित्र अवर्णनीय सुखानुभूति भइरहेको थियो ।

मिचेलबाट हिंडेको ४ घण्टापछि दिउँसो ३ बजेतिर २२० माइल पर पर्ने साउथ डकोटाको व्यस्त शहर र्यापिड सिटी पुगियो । बूक गरेको होटेल पुगेर कोठामा सामान राखेर फ्रेस भयौं । भोक लागिरहेको थियो । खाजा खाएर केही बेर रेष्ट गरेपछि शहर घुम्न निस्कियौं । यहाँको एउटा नेपाली रेष्टुरेन्टमा रातिको खाना खायौं । बाग्लुङतिरबाट आएका रेष्टुरेन्ट सञ्चालक भाइसँग गफगाफ गर्दा बेग्लै रमाइलो महसूस भयो । केही बेरको लागि हामी नेपालमा नै छौं भन्ने भान पर्‍यो ।

२४ अक्टोबरका दिन बिहान होटेलमा ब्रेकफास्ट पछि र्यापिड सिटीबाट करीब २५ माइल पर पर्ने ब्ल्याक हिल्समा रहेको माउन्ट रशमोर जान निस्कियौं । नेपालको जस्तै घुमाउरो बाटो, डाँडाकाँडा, घना जङ्गल, विभिन्न प्रजातिका रुखहरू भएको र मौसम पनि उस्तै लाग्ने यो क्षेत्र अग्लो चट्टानमा खोपिएका चार अमेरिकी राष्ट्रपतिहरूका टाउकोका कलाकृतिका लागि प्रसिद्ध छ ।

यहाँ स्थित सन् १९२५ मा स्थापित माउन्ट रशमोर राष्ट्रिय स्मारकभित्र पर्ने ब्ल्याक हिल्सको टाकुरोमा, चार जना अमेरिकी पूर्वराष्ट्रपतिहरू जर्ज वासिङ्टन, थोमस जेफरसन, अब्राहम लिंकन र थियोडोर रुजवेल्टका टाउकोका ६० फीट अग्ला आकर्षक मूर्तिहरू खोपिएका छन् । ग्रेनाइट पहाडको टुप्पोमा बनाइएका ती आकृतिहरूका कारणले साउथ डकोटाको यस क्षेत्र, अमेरिकाको प्रमुख पर्यटकीय गन्तव्य मध्येको एक बनेको छ ।

हामी पुग्दा निकै स्वदेशी र विदेशी पर्यटकहरू त्यहाँ पुगिसकेका थिए । केही भीड भए पनि कुनै हल्लाखल्ला थिएन । सबै जना शान्त र अनुशासित रूपले स्मारक नियाल्दै गरेका देखिन्थे । नेपालका पर्यटकीय स्थलमा जाँदा देखिने होहल्ला, तँछाडमछाड, उच्छृङ्खल गतिविधि  र फोहोर सम्झिएँ, फिस्स हाँसो उठ्यो ।

हामी पनि पर्यटकको हूलमा मिसियौं । निकै बेर लगाएर त्यहाँको अवलोकन गर्यौं । तस्वीर खिचियो । ती टाउकोका मूर्तिहरू स्मारक क्षेत्रको दृश्यावलोकनका लागि तोकिएको स्थानबाट झन्डै ५०० मिटरको दुरि परको पहाडमा अवस्थित थिए ।

समुद्र सतहभन्दा १७४५ मीटर उचाइमा रहेको यस स्मारक क्षेत्र १२८० एकड एरियामा फैलिएको छ । संयुक्त राज्य अमेरिकाको आन्तरिक विभागको ब्यूरो अन्तर्गतको यो स्मारक हेर्न विश्वभरबाट वर्षमा २० लाखभन्दा बढी मानिस यहाँ आउने गरेका रहेछन् ।

माउन्ट रशमोरको पहाडमा कुँदिएका चार अमेरिकी राष्ट्रपतिहरूलाई संयुक्त राज्य अमेरिकाको स्थापना, वृद्धि, संरक्षण, विकास र स्वतन्त्रताका सिद्धान्तहरूको प्रतीक मानिएको छ । जसमध्ये जर्ज वाशिङटनलाई स्वतन्त्रताको सङ्घर्ष र गणतन्त्र संस्थागत, थोमस जेफरसनलाई देशको क्षेत्रीय विस्तार, अब्राहम लिंकनलाई राज्यहरूको स्थायी संघ  र सबै नागरिकहरूको समानता तथा थियोडोर रुजवेल्टलाई विश्व मामिलामा संयुक्त राज्य अमेरिकाको २० औं शताब्दीको भूमिका र आम मानिसको अधिकारका लागि पुर्याएको योगदानको आधारमा छनौट गरिएको थियो ।

स्मारक भित्रको हलमा यी मूर्तिहरू खोप्दाको इतिहासको डकुमेन्ट्री देखाइँदै थियो । त्यसबेला प्रयोगमा ल्याइएका सामानको प्रदर्शनी पनि भइरहेको थियो । साथै, तत्सम्बन्धी पुस्तक, स्मारकका चिह्न र कपडा बिक्री कक्ष पनि सञ्चालित थिए ।

यहाँपछिको हाम्रो गन्तव्य माउन्ट रशमोरबाट करीब २ किमि परको दूरीमा रहेको अमेरिकी सबै राष्ट्रपतिहरूका मैनबाट निर्मित मूर्ति राखिएको द नेशनल प्रेसिडेन्शियल वाक्स म्युजियम थियो ।

अनलाइन टिकट काटेर म्युजियमभित्र पसेपछि,  बेग्लाबेग्लै कक्षमा हालसम्मका सबै अमेरिकी राष्ट्रपतिको जीवनी, कार्यकालका महत्त्वपूर्ण तथा अविस्मरणीय क्षण, अफिसियल भेटघाट र कार्यशैली झल्किने अहिले नै बोल्लान् झैँ लाग्ने, मैनबाट बनेका एकसय भन्दा बढी पूर्णकदका मूर्तिहरू देख्न पाइन्छ । यी मूर्तिहरू कलाकारिताको अद्वितीय नमूना पनि हुन् । यहाँ, प्रत्येक दृश्यको सन्दर्भ र इतिहास वर्णन गर्ने स्वचालित अडियो समेत सुन्न पाइन्छ ।

एक घण्टा जति समय म्युजियममा बिताएर हामी निस्कियौं । जाडो सिजन सुरु हुन थालेका कारण बाटोका दुवैतर्फका अधिकांश पसल, रेष्टुरेन्ट बन्द थिए । फाट्टफुट्ट खुलेका पसल बाटोका रमणीय दृश्य नियाल्दै र्यापिड सिटी फिर्ता भयौं । खाना खाएर दिउँसो ड्रागन पार्क लगायतका स्थानका घुमघाम भयो ।

२५ अक्टोबरको बिहान ब्रेकफास्ट पछि फिर्ती यात्रा सुरू भयो । निकै तीव्र गतिमा हावा चलिरहेकोले मौसम चिसो थियो । रेष्ट एरियामा गाडीबाट निस्कंदा हावाको वेगले उडाउला जस्तो हुन्थ्यो । समय समयमा विश्राम गर्दै दिउसो सिओक्स फल्सस्थित होटेलमा पुगियो ।

बेलुकीपख सपिङ्ग मल, बजार र पार्क तिर घुमघाम भयो । नजिकैको ईन्डियन रेष्टुरेन्टमा खाना खाएर राति होटेल फर्कियौं । थकाइले होला राति मज्जाको निन्द्रा प¥यो । भोलिपल्ट बिहान ब्रेकफास्ट पछि ९ बजे  सियोक्स फल्सबाट हिंडेका हामीले साँझ ४ बजे मिनियापोलिसस्थित घर पुगेर पाँच दिने रोमाञ्चक र अविस्मरणीय यात्राको बिट मार्यौं ।

Comments

Popular posts from this blog

पिता धर्मः पिता स्वर्गः ..... सर्वतीर्थमयी माता

महिला शिक्षा र पद्मकन्या विद्याश्रम

चैतलाेङ अर्थात् चित्लाङ पुगेर फर्केपछि …