Posts

Showing posts from March 21, 2021

नारी

Image
✍️ मुरारीराज मिश्र नारी हुन् प्रेमको बाली, उब्जने खेतका गरा । उब्जाई खुशीकाे बाली, पार्छिन् गृह हराभरा ।। सहन्छिन् दुखका भारी, गुनासो गर्दिनन् उनी । निस्वार्थ भाव मात्रै छ, लाेभ देखिन्न क्यै पनि ।। बसन्त ऋतु हुन् नारी, हरियाली सबैतिर । फूल्दछन् फूल मायाका, प्रेम सिंच्दा उनीतिर ।। नारी हुन् काेकिलाकण्ठी, सुनाैं लाग्ने संधैभरी । राखाैं लाग्छ उनैलाई, यी आँखाकै वरिपरि ।। स्नेहकाे मह घाेलेर, सबैलाई पिलाउँछिन् । म छु है दुखकाे साथी, भनी ढुक्क बनाउँछिन् ।। सुखमा रम्दछिन् साह्रै, पीडामा हात थाम्दछिन् । बनेर बलियो खम्बा, नारी गृह सम्हाल्दछिन् ।। घर बारी उज्यालिन्छ, नारीले मुस्कुराउँदा । आधा दु:ख त्यसै घट्छ, नारीले सुम्सुम्याउँदा ।। नारीकै साथले चल्छ, जिन्दगी सहि ढंगले । नारी त्याे प्राणवायु हाे, खाेज्दछन् अङ्ग अङ्गले ।। भालेकाे डाक देखि नै, फुर्सद् मिल्दैन तापनि । थाकेको छु म भन्दिनन्, नारीले कहिल्यै पनि ।। जिन्दगी कसरी ज्यूने, नारीले त्यो बताउँछिन् । पिएर आँसुकाे प्याला, नारी हाँस्न सिकाउँछन् ।। देवता बस्न सक्दैनन्, सबैका घरमा भनि । पठाए दैवले नारी, पृथ्वीमा जाऊ लाै भनि ।। मायाकी खानी हुन् नार