Posts

Showing posts from July 18, 2021

काव्य आकाशमा नयाँ नक्षत्र : छेस्का

Image
✍️  मुरारीराज मिश्र  अहिलेको व्यस्त समयमा मानिसहरुसँग ठूला आकारका साहित्यहरु पढ्ने समय, अझ भनुं धैर्यता रहेको पाइन्न ।  मानिसहरु साहित्यका लघुतम विधातर्फ आकर्षित हुँदै आएका देखिन्छन् । यसैकाे फलस्वरूप साहित्यका विधाहरुमा समयसमयमा नयाँ-नयाँ प्रयोगहरु पनि हुँदै आइरहेका छन् । विशेषगरी कविताको क्षेत्रमा यस्तो प्रयोग बढी भएको देखिन्छ ।समयक्रमसँगै लामा-लामा र क्लिष्ट कविताहरु भन्दा छाेटा आकारका काव्य तर्फ मानिसहरुको अभिरुचि बढ्दै गइरहेको छ । यसैक्रममा मुक्तक, हाइकु, शीत, बुँद, उदक, झर, बाछिटा, डाली, सुसेली, साईनाे लगायतका नविनतम साहित्यिक विधाहरुकाे उदय हुँदै आएकाे मान्न सकिन्छ । पछिल्लो समय  २०७६  सालकाे उत्तरार्धतिर कविताकाे लघु रुपमा, पन्ध्र अक्षरलाई पाँच-पाँच अक्षरकाे समान तीन लाइनमा पूर्ण आकार दिने गरि साहित्याकाशमा "छेस्का" काे उदय भयाे । कविताको उपविधा अन्तर्गत अक्षर गन्ने कविताकाे रुपमा याे सबैभन्दा कान्छाे विधा थियो । यस्काे प्रणेता साहित्यकार विनाेद नेपाल 'बैगुनी' ले, 'हाइकु लेख्ने क्रममा पन्ध्र अक्षरीय उक्त संरचनाले आफूलाई आकर्षित गरेपछि यस्काे च्वास्स बिझ्न