Posts

Showing posts from December 27, 2020

हाइकुहरु

 मकलभरी भर्भराउँदाे आगाे हात सेकियाे ! बत्ती बल्दैथ्याे सलेदाे नै डढेछ काेठै अँध्यारो ! इसाराबाटै जाेडिए मनहरु माया साटियाे !  उत्रियाे लुगा नाङ्गैभयाे शरीर घर झगडा !  नाैनी खाएर मदानी माेटाएछ ठेकी जिल्लियाे ! कसरी तर्नु उर्लिएकाे जंघार पुल भत्केछ ! निदाईन् धर्ती शीतकाे बिछ्याैनामा जुन तापेर !  मग्न भएर कविता काेर्दै थिएँ, मसी सकियो ! अाेसिलाे रात कठ्याङ्ग्रिएछ मन तात्नै मुस्किल !✅८-२१ जिते सूर्यले रातसंगकाे युद्ध हाँस्दै उदाए ! गाडी चल्दैथ्याे पेट्रोल सकिएछ यात्रा राेकियाे ! विद्यार्थी बस्याे भर्चुअल कक्षामा नेट चलेन ! लाेडशेडिङ्ग हटिसक्याे अचेल, बत्ती खाेई त !  भीरकाे यात्रा लर्खरायाे शरीर लठ्ठी सहारा ! खुट्टीकाे रस गजबको पाेषिलो राेगी तङ्ग्रियाे !  श्रीमान लुके श्रीमतीको रजाइँ रात परेछ ! खाेई के भयाे नुनिलो पाे भएछ उखुको लाक्रा ! कसाैंडी भित्र छड्किंदैथ्याे चामल माड पाेखियाे !  पाैष महिना उर्जाहीन'भाे सूर्य मान्छे तात्दैछन् ! बादल भित्रै अलमलिए सूर्य ताताे हरायो ! उषा किरण पातमाथिकाे शीत माेतीकाे झल्को !  ताप घटेर म