Posts

Showing posts from October 24, 2021

हाइकु

एक इमानी वेइमान वस्तीमा झुन्डाईएछ ।✔️ मक्केकाे जाल के थाम्दथ्याे र माछाे बिचराे माझी !✔️ जाडाे न गर्मी पिठ्युँ माथिकाे भारी तर्र पसिना !✔️ सिंहदरबार स्यालकाे बिगबिगी रक्ताम्य देश ।✔️ बुढाे हाँगोमा वसन्तकाे स्पर्शले बैँस चढेछ !✔️ पल्टिए पाना फेरिए क्यालेन्डर छाेटि ँदाे आयु ।✔️ मन पग्लियाे आँखाबाट झर्दैछन् नुनिला ढिक्का ।✔️ उदण्ड शैली गुण्डागर्दीमा राज्य न्याय काेमामा !✔️ माैन अवधि चलखेलमा नेता मासु पाक्दैछ !✔️ मतदाताले समुन्नति खाेज ेछन् मतपत्रमा !✔️ चिसो बिहान मात्तिंदैछ हेमन्त शीतकाे स्नान ।✔️ चिसो बिहान न्यानाे खाेज्दैछिन् धरा हुस्सु ओढेर ।✔️ चुर्लुम्मै डुब्याे फेवामा माछापुच्छ्रे न्यानाे खाेजेर !✔️ अक्करे डाँडा भीरमौरीको चाका मह शिकारी ।✔️ वसन्त बिनै सुकेका हाँगाभरी हिउँ फुलेछ ।✔️ सेताे बर्काेमा शाेकमग्न प्रकृति वसन्त कुर्दै ।✔️ भुकम्प थेग्दा चर्किएको पहराे मूल फुटेछ ।✔️ मझौला बाेट लटरम्म सुन्तला काँडाकाे त्रास ! नश्ल सुधार कृतिम गर्भाधान जन्म्यो खच्चड ! कत्ति दुख्दैन हिजोआज याे मन आँसु रित्तेछ !७-१६