Posts

Showing posts from November 13, 2022

लघुकथा: खुशी

 लघुकथा: खुशी                     ✍️ मुरारीराज मिश्र म बजारमा सामान किन्दै थिएँ । मैले किनमेल गर्दै गरेको पसल नजिकै एउटा बालक पनि बेलुनहरुमा हावा भरेर बेच्दै थियोे । बुबाआमासंग बजार आएको अर्को बालकले बेलुनहरु देखेर आफ्नो बुबासंग हावा भरिएको बेलुन किनिदिनका लागि जिद्दी गर्‍याे । बुबाले बालकलाई बेलुन किन्नबाट टार्न निकै सम्झाए, तर बालकले मानेन । बालहठ अगाडि केही नचलेपछि बुबाले बालकलाई पैसा दिएर पठाए । बालकले बेलुन किनेर हातमा लियो । किन्ने-बेच्ने दुबै बालक खुशी देखिन्थे ! याे सबै घटनाक्रम नियालिरहेकाे मलाई लाग्याे, खुशी परिस्थितिमा निर्भर हुँदाे रहेछ ! किनकि, एउटा बालक बेलुन किन्दा खुशी देखिन्थ्याे भने, अर्को बालक बेलुन बेच्दा ।                           *** (उमामहेश्वर मार्ग, कुमारीगाल, काठमाडौं -७) हिमाली गुराँसमा प्रेषित 

भजन

 #प्रार्थना  पार्वती माता साथ लिएर, हे शम्भु तिमी आऊ । हाम्रो मनको द्वेष हटाई, प्रेम भाव जगाऊ ।। गर्न जान्दिन पाठ-पूजा म, गर्न जान्दिन ध्यान । कसरी गर्ने तिम्रो साधना, छैन प्रभु क्यै ज्ञान ।। बुद्धि बिनाकाे बालक ठानी, भक्ति गर्न सिकाऊ । हाम्रो मनको द्वेष हटाई, प्रेम भाव जगाऊ ।। छुट्न सकेन लाेभ र माेह, रिस, राग र दम्भ । मर्दा सम्पत्ति लान्छु जस्तै, गर्छ मन याे अचम्म !! ज्ञानरुपकाे दीप जगाई, मायाजाल मेटाऊ । हाम्रो मनको द्वेष हटाई, प्रेम भाव जगाऊ ।। पार्वती माता साथ लिएर, हे शम्भु तिमी आऊ । हाम्रो मनको द्वेष हटाई, प्रेम भाव जगाऊ ।। ------------------------------------ ✍️ मुरामि