Posts

Showing posts from January 2, 2022

लघुकथा: आडम्बर

'आडम्वर'              ✍️ मुरारीराज मिश्र मेरा छिमेकी समाजसेवा र यस्तै कार्यमा विशेष अभिरुचि राख्थे । फाेहाेरमैला, यसले गर्ने हानी, स्वस्थ्य जीवनयापन गर्न पाउने मानवकाे नैसर्गिक अधिकार उनका रुचिका बिषय थिए । समाजमा बसेपछि देखाउनु पर्ने मानवीय ब्यवहार, सभ्यता, नैतिकता, सामाजिक कर्तब्य लगायतका बारेमा उनी प्रशिक्षण पनि दिने गर्थे । यसै क्रममा आफूले कतै दिएकाे प्रवचन, साे बारे छापिएको समाचार र दिएका अन्तर्वार्ता आदिका फाेटाे, भिडियोहरु फेसबुकमा राखेका रहेछन् । हेरें, साह्रै राम्रो लाग्यो । अनि, त्यस्ता बिद्वान् र सज्जनकाे छिमेकी हुन पाएकामा गर्व महसुुस गर्दै लाईक र कमेण्ट गरें । साेचें, यस्तो कार्यमा हाैसला दिनुपर्छ तसर्थ, भाेली बिहान उनलाई भेटेरै बधाई दिन्छु । रातकाे खाना खाईवरी सुत्ने तर्खर गर्दै थिएँ । बत्तीको लाईन  गएकाे थियोे । यस्तैमा, बाहिर बाटोमा हल्लाखल्ला सुनियाे । छतबाट हेरें, केहि पर मानिसहरूकाे भिड देखियो । बुझ्ने रहर लाग्याे, मनले मानेन र बाहिर निस्किएँ । भिड नजिकै पुगेर एकजनालाई 'त्यहाँ के भएकाे हो भनेर साेधें' ! उनले 'आफ्नाे घर कम्पाउण्ड र बाटाेमा फाेहाेर

शमी र मन्दार वृक्षबारेको पाैराणिक प्रसंग

Image
✍️ मुरारीराज मिश्र कुनै समय ओैरव नाम गरेका विद्वान ऋषि थिए । तपाेवलले गर्दा उनी देवता समान शक्तिशाली थिए । उनकी शमी नाम गरेकी एक अत्यंत सुन्दरी पुत्री थिइन । सात बर्षकी हुँदा ऋषिले शमीको विवाह धौम्य ऋषि का पुत्र मन्दार संग गरिदिए । त्यसबेला मन्दार शौनक ऋषि काे आश्रममा बसेर शिक्षा प्राप्त गर्दै थिए । अतः विवाह पछि शमीलाई उनको माइतीमा छोडेर मन्दार आफ्नो शिक्षा पुरा गर्न शौनक ऋषिकै आश्रममा फर्के । जब शमी जवान भईन् तब मन्दारले शमीलाई उनकाे माइतीबाट विदा गराएर पुनः शौनकाश्रममा तिर फर्किए । बाटोमा तपस्वी भृशुण्डी ऋषि काे आश्रम पर्थ्याे । ती ऋषि भगवान गणेशकाे आशिर्वादले आफ्नो निधारबाट चाहिएको बेला गणेशजीकाे जस्तै सुँढ निकाल्न सक्थे । जब शमी र मन्दार भुशुण्डी ऋषिकाे आश्रम नजिकै पुगे, त्यसबेला ऋषि गणेशजी जस्तै सुँढ निकालेर ध्यान गर्दै थिए । त्याे देखेर दुबैजना बेसरी हाँस्न थाले । उनीहरुको यस्तो ब्यवहारबाट ऋषि क्रुद्ध भए र दुबैजनालाई श्राप दिए - 'तिमीहरू तुरुन्तै वृक्ष बन्नेछाै, यस्तो वृक्ष कि जसकाे नजिकमा पशु-पक्षी समेत आउने छैनन् ।' फलस्वरूप मन्दार यस्तो वृक्ष बने जस्काे पात कुनै

लघुकथा : आजका नेता

लघुकथा            "आजका नेता"                      ✍️ मुरारीराज मिश्र उनले चुनाव जिते । कसरी जिते त्यतातिर नजाओैं ! पार्टीको जिल्लास्तरीय ठूलै नेता बनेकाे खुशीयालीमा विशेष दिन पारेर उनलाई सम्मान गर्ने कार्यक्रम बन्याे ।  निर्धारित दिनमा कार्यक्रमस्थलमा मानिसहरू जम्मा हुँदै थिए । उनी पनि गजक्क परेर मञ्चमा बसेका थिए ।  कार्यक्रम सञ्चालकले उनलाई कानमा साउती गर्दै केही  जानकारी दिंदै भने - 'अब कार्यक्रम सुरु भएपछि हजुरले त्याे टेबुलमा राखिएको तस्बिरमा माल्यार्पण गरेर उहाँको बारेमा केही बाेल्नुपर्छ ।' उनले अलि अकमकिंदै साेधे - 'त्याे तस्बिर कसकाे हाे र ?' कार्यक्रम सञ्चालकले उक्त तस्बिर पार्टीका संस्थापक नेताकाे भएको भन्दै, उनको नाम, पार्टीमा दिएको याेगदान र आजैकाे दिन स्मृति दिवस भएको जानकारी दिए ।  त्यो सुनेर नवनिर्वाचित नेताले मुसुक्क हाँस्दै भने- 'ए, त्यसैले पाे रहेछ ! यिनको तस्बिर कताकता देखेको जस्तो त लाग्दैथ्याे मलाई पनि !' (उमामहेश्वर मार्ग, कुमारीगाल, का.म.पा-७)