Posts

Showing posts from February 19, 2023

लघुकथा: गरीबी निवारण

सडक छेउको ग्रामीण चिया पसल अगाडि चिल्लो कार राेकियाे । चिया पिउँदै गरेका रमेश र जनकले कारतर्फ नजर लगाए । टाइसुटमा सजिएकाे चस्माधारी ब्यक्ति कारकाे चालक सिटबाट निस्कंदै उनीहरू तिर आयाे र भन्याे - "ए रमेश, के तिम्रो हाल खबर ?" रमेशले अकमक्क पर्दै प्रश्नकर्तालाई हेर्‍यो ! "मलाई चिनेनाै ? म जीवन हुँ क्या, तिम्रो बाल्यकालका साथी" आगन्तुककले चस्मा खाेल्दै भन्याे । धेरै समयकाे अन्तराल पछि भेटिएको बाल्यकालकाे साथी जीवनकाे फेरिएको रुप देखेर आश्चर्यचकित भएको रमेशले खुशी हुँदै भन्याे - " तिम्रो त कायापलट नै भएछ त जीवन ! के गर्दैछाै आजकल !!" "अँ, यसाे सामाजिक कार्यमा लागेकाे छु म त । अनि तिमी नि ?" जीवनले जवाफ संगै प्रश्न गर्‍यो ।  "म विद्यालयमा पढाउँछु, यसाे अलिकति कृषि कर्म पनि गर्छु ।"  ल, मैले त चिनाउनै बिर्सेकाे ! उहाँ जनकजी, हामी एउटै पेशाकर्मी । दुबैले हात मिलाए । परिचय आदानप्रदान गरे ।कुराकानीकाे क्रममा जनकले - "केही दिन अघि विभिन्न राष्ट्रिय पत्रपत्रिकामा छापिएको समाचार तपाईं कार्यरत ग्रामीण गरीबी उन्मुलन संस्थाकाे बारेमा नै हैन त ?&q