Posts

Showing posts from March 12, 2023

लघुकथा: "दिव्य दृष्टि"

Image
 ✍️ मुरारीराज मिश्र, "मैले पनि मरणाेपरान्त आँखा दान गरेर आएँ नि दाइ ।" रमेशले प्रफुल्ल मुद्रामा दाजु दिनेशलाई सुनायाे । "पहिले-पहिले मैले यसबारेमा बताउँदा, कानमा बतास लगाएकाे थिईनस् त ! अहिले कहाँबाट बुद्धि पलायो तेराे ?" दिनेशले प्रश्न गर्‍यो । "केही महिना अघिकाे एउटा दुर्घटनामा मेराे साथीकाे नेत्रज्योति गुमेकाे थियोे । आँखा दान गरेकाे कुनै दानीकाे कृपाले, शल्यक्रियाबाट उसले पुनः संसार देख्ने अवसर पायो । म यसैबाट प्रभावित भएँ ।" रमेशले जवाफ दियाे । नजिकै बसेकी उनीहरूकी बृद्ध आमाले, दाजुभाइकाे कुरा सुनेर भनिन् - "मृत्युुपछि शरीरकाे कुनै अङ्ग छुट्याएर जलाएमा, अर्को जन्ममा त्यो मान्छे छुट्याएको अङ्गविना जन्मन्छ रे  ! याे कुरा पण्डित बुद्धिप्रसादले प्रवचनमा भन्नुभएको थियोे बाबु । त्यसैले आँखा दान गरेकाे ठीक लागेन है मलाई त !" आमाकाे उक्त भनाइमा असहमति जनाउँदै दिनेशले भन्याे - "यस्तो हैन आमा, आँखा दान गर्ने भनेको पुरै आँखाको डल्लो झिक्ने नभई आँखामा रहेकाे पातलो जाली मात्रै निकालिने हाे । एकजना मान्छेकाे आँखा दानबाट दुईजना दृष्टिविहीनले संसा