Posts

Showing posts from May 31, 2020

ईश्वर बन्दना

#प्रार्थना  हे प्रभु मेराे आत्म घडामा,  ज्ञानामृतले भरिदेऊ । ब्यर्थ नजाओस् मानव चाेला, बिन्ती कृपा गरिदेऊ ।।🙏 जान्दिन गीता, वेद पुराण क्यै, जान्दिन जप् तप् कर्म । न ता जान्दछु, पूजा पाठहरु, न कुनै जान्दछु धर्म ।। साह्रै सठ छु, याे मनभित्र, प्रेमामृतले भरिदेऊ । ब्यर्थ नजाओस् मानव चाेला, बिन्ती कृपा गरिदेऊ ।।🙏 दृष्टि धमिला, श्रवण मधुरा, काँप्छन् हरेक अङ्ग । सुस्त हुँदै गयाे मन मस्तिष्क, उड्याे रुपकाे रङ्ग ।। जीवन दीयाे निभ्नु अगावै, दयामृतले भरिदेऊ । ब्यर्थ नजाओस् मानव चाेला, बिन्ती कृपा गरिदेऊ ।। हे प्रभु मेराे आत्म घडामा, ज्ञानामृतले भरिदेऊ । ब्यर्थ नजाओस् मानव चाेला, बिन्ती कृपा गरिदेऊ ।।                  ✍️ मुरामि

सरकारी दृष्टिमा ओझेल परेका बर्गः विद्यालय कर्मचारी

Image
शिक्षा क्षेत्र   र विद्यालय सञ्चालनको कुरा गर्दा हामीकहाँ संधै विद्यार्थी र शिक्षकको मात्रै   चर्चा हुने गरेको छ । सरकारले पनि यी दुई पक्षलाई मात्रै सुबिधा र ध्यान दिएको छ । विद्यालय सञ्चालनमा महत्वपूर्ण भूमिका खेल्ने वालबिकास शिक्षक र विद्यालय कर्मचारीहरुको भने सामान्यतया कतै उल्लेख समेत गरिन्न । उनीहरुलाई न त राज्यले नै कुनै सुबिधा दिन्छ , संरक्षण गर्नु त परैको कुरो । यस प्रकार विद्यालय कर्मचारीहरु सवै क्षेत्रको पूर्णतः बेवास्ताका कारण ओझेलमा परेका छन । लेखक कुनै पनि विद्यालयको सुचारु सञ्चालन शिक्षक – कर्मचारी – विद्यार्थीको त्रिपक्षिय सहयोग र समन्वयबाट मात्रै सम्भव हुन्छ । एक विना अर्को अपुरो हुन्छ । शिक्षक र विद्यार्थीको सिक्ने सिकाउने कार्यमा विद्यालय कर्मचारीहरुले प्रत्यक्ष र अप्रत्यक्ष दुवै रुपले सहयोग पुर्याउने गर्छन । विद्यालयको सुरक्षा एवं संरक्षण गर्ने , सरसफाई गर्ने , घण्टि लगाउने , विद्यार्थी भर्ना गर्ने , पुस्तकालय व्यवस्थापन गर्ने , लेखा र प्र

केही हाइकुहरु

लुट्छ उमेर हरेक सूर्याेदय, उज्यालो दिई । एकै शब्दमा महाकाव्य लेखियाे 'आमा' भनेर । चन्द्र उदायाे सम्झिएँ तिमीलाई दुरुस्तै थियोे । पुरानो घाउ खाटा बस्नै सकेन बल्झिन्छ संधै । नक्सामा आफ्नाे रजगज अर्कैकाे मेराे जमिन । कहिले सुस्ता कहिले कालापानी देश दुख्दैछ । मिलेर बाँचाै माटोको भर ईंटा ईंटाको माटा । दुखेकाे मन परेली बाँध खाेल्दै तप्प चुहियाे । मायाको फूल फुलाउन खाेजेकाे बाेटै सरेन । आफैं देखेर लठ्ठीए ऋतुराज मुस्कायाे फूल ।       ***** ✍️ मुरारीराज मिश्र नाेट: sahityapost.com मा मिति २०७७-०२-१७ गते प्रकाशित भएका यी हाइकुहरु, यस लिंकमा पनि पढ्न सकिन्छ - https://sahityapost.com/2020/05/6987/