केही हाइकुहरु
लुट्छ उमेर
हरेक सूर्याेदय,
उज्यालो दिई ।
एकै शब्दमा
महाकाव्य लेखियाे
'आमा' भनेर ।
चन्द्र उदायाे
सम्झिएँ तिमीलाई
दुरुस्तै थियोे ।
पुरानो घाउ
खाटा बस्नै सकेन
बल्झिन्छ संधै ।
नक्सामा आफ्नाे
रजगज अर्कैकाे
मेराे जमिन ।
कहिले सुस्ता
कहिले कालापानी
देश दुख्दैछ ।
मिलेर बाँचाै
माटोको भर ईंटा
ईंटाको माटा ।
दुखेकाे मन
परेली बाँध खाेल्दै
तप्प चुहियाे ।
मायाको फूल
फुलाउन खाेजेकाे
बाेटै सरेन ।
आफैं देखेर
लठ्ठीए ऋतुराज
मुस्कायाे फूल ।
***** ✍️ मुरारीराज मिश्र
नाेट: sahityapost.com मा मिति २०७७-०२-१७ गते प्रकाशित भएका यी हाइकुहरु, यस लिंकमा पनि पढ्न सकिन्छ - https://sahityapost.com/2020/05/6987/
हरेक सूर्याेदय,
उज्यालो दिई ।
एकै शब्दमा
महाकाव्य लेखियाे
'आमा' भनेर ।
चन्द्र उदायाे
सम्झिएँ तिमीलाई
दुरुस्तै थियोे ।
पुरानो घाउ
खाटा बस्नै सकेन
बल्झिन्छ संधै ।
नक्सामा आफ्नाे
रजगज अर्कैकाे
मेराे जमिन ।
कहिले सुस्ता
कहिले कालापानी
देश दुख्दैछ ।
मिलेर बाँचाै
माटोको भर ईंटा
ईंटाको माटा ।
दुखेकाे मन
परेली बाँध खाेल्दै
तप्प चुहियाे ।
मायाको फूल
फुलाउन खाेजेकाे
बाेटै सरेन ।
आफैं देखेर
लठ्ठीए ऋतुराज
मुस्कायाे फूल ।
***** ✍️ मुरारीराज मिश्र
नाेट: sahityapost.com मा मिति २०७७-०२-१७ गते प्रकाशित भएका यी हाइकुहरु, यस लिंकमा पनि पढ्न सकिन्छ - https://sahityapost.com/2020/05/6987/
Comments
Post a Comment