कालिञ्चाेक यात्राका संस्मरण:
✍️ मुरारीराज मिश्र, `यसपटक हामी गाेरखाकाे लिगलिगकाेट घुम्न जाने कि भन्ने सल्लाह गर्दैछाैं, जानुपर्छ नि !´ साथी दीपेन्द्र रेग्मीले काेठामा पस्दै भन्नुभयो । `धर्म पनि कमाईने, नयाँ ठाउँ पनि देखिने, यसपटक कालिञ्चाेकतिर जाउँ न ! लिगलिगकाेट अर्काेचाेटी जाउँला नि बरु !´ मैले आफ्नो प्रस्ताव राखें । `मलाई त केही थिएन, तर साथीहरु लिगलिगकाेटनै जाने भन्दैछन् । एकरातकाे बसाइ हाे रमाइलै हुन्छ नि, ल मिलाउनुस् है !´ दीपेन्द्रले जाेड गर्नुभयो । गाेरखातिर पुगिसकेको भएर पनि हाेला शायद, मलाई लिगलिगकाेट भन्दापनि कालिञ्चाेक पुग्ने चाहना थियोे । कहिले के, कहिले के नमिलेर कालिञ्चाेक पुग्न नपाएको म भित्र अकस्मात् याे पटक भने त्यहाँ पुगेरै छाड्ने दृढता जागेर आयाे । झट्ट साथी धनप्रसाद घिमिरे र बिष्णु बस्नेतलाई सम्झें । कालेश्वर गएर फर्कंदा हामीहरूले कालिञ्चाेक पनि संगै जाने सल्लाह गरेका थियौं । धनजीलाई फाेन गरें । उहाँ त एकमहिना अघिमात्रै त्यहाँ पुगेर आईसक्नु भएछ । फेरि बिष्णुलाई फाेन गरें । `ल, हामी बुढाबुढी दुबैजना जाने पक्का भाे । व्यवस्था मिलाऊ ।´ उताबाट बिष्णुकाे पक्कापक्की जवाफ प्राप्त भयाे । उसले जाने भ