Posts

Showing posts from August 23, 2009

गजल

Image
गजल सोझो भएर जिन्दगीमा केहि हुन्न रहेछ अचेल, उन्नतिको एउटा सूत्र थाहा पाएकोछु अचेल । ईमान्दारी अङ्गालेर धेरै बर्ष खेर फालें, टेवुलमुनिबाट “दस्तुर” लिन थालेको छु अचेल । योग्यताको भरमा प्रमोशन नपाईने रहेछ यहाँ, हाकिमको घर–घरमा धाउन थालेको छु अचेल । कसिङ्गर थिएँ पहिले सहकर्मीहरुको आँखामा म, परिवर्तनपछि सवैको प्यारो बन्न थालेको छु अचेल ।                                                                                                  ———  मुरामि