लघुकथा: गुराँस
✍️ मुरारीराज मिश्र, `गुराँस फुलेकाे एउटा हाँगो भाँचिदिनुस् न मेरा लागि´ उनले भनिन् । `हेरेर रमाऊ, तस्बिर खिच, हाँगै किन चाहियाे तिमीलाई !´ मैले भनें । `उता हेर्नुस् त ! यहाँ आएका सबैका जाेडी, गुराँसका राताम्ये हाँगो बाेकेर रमाउँदै हिँडिरहेका छन्, तस्बिर खिच्दैछन् तर तपाईं भने कति निरस मान्छे हँ ! गुराँस फुलेको एउटा हाँगो लाछिदिन पनि नमान्ने ! कस्तो बुढा पाइछु मैले त !´ उनी ठसक्क पर्दै फत्फताईन् । मैले फकाउँदै भने `हेर, भीरका रुखहरुमा ढकमक्क फुलेका गुराँसका फूल कति मनमाेहक देखिएका छन् ! भुइँमा छरपस्ट फूल र हाँगाहरुमा त्यो सुन्दरता भेट्छ्याै तिमी ! प्राकृतिक साैन्दर्य त नियाल्न पाे मजा आउँछ ! याे साैन्दर्यता मास्न उद्दत मानवीय प्रवृत्ति देखेर दिक्क लाग्छ मलाई !´ (उमामहेश्वर मार्ग, कुमारीगाल, काठमाडौं - ७) (शब्दाङ्कुर २०८१ बैशाखमा प्रकाशित )