Posts

Showing posts from August 23, 2020

कृष्ण भजन

लुकीलुकी कहाँ जान लाग्याै भन गाेपी ! दही मखन भरिएको ठेकीहरु बाेकी !! चाेरी खायाे दही भनि माता यशाेधालाई ! किन लायाै चुक्ली सबले, गाेकुलमा आई !! पर्ख, तिमीहरूलाई त्यसै कहाँ छाेड्छु ! दही मखन भरिएको ठेकी सबै फाेड्छु !! बजाउन्न आज देखि बाँसुरी म कहिले ! नुहाउन्न यमुनामा भनिदिएँ अहिले !! अब तिमीहरू संग गाई हेर्न जान्न ! बाेल्दिन म खेल्दिन म केही पनि खान्न !! कृष्णजीका कुरा सुनी गाेपीहरु सारा ! रुन थाले, आँखाबाट झारी अश्रुधारा !! भन्न लागे, गल्ती भयाे कृष्ण माफी देऊ ! तिमी बिना बाँच्नु ब्यर्थ बिन्ती हाँसिदेऊ !! फाेड अब ठेकीहरु दही मखन् खाऊ ! लठ्ठपार्ने कर्णप्रीय बाँसुरी बजाऊ !! हाँसे कृष्ण, दही मखन् खाए मख्ख पर्दै !! नाच्न थाले गाेपीहरु कृष्णलीला हेर्दै !!                                      ✍️ मुरामि