कृष्ण भजन

लुकीलुकी कहाँ जान लाग्याै भन गाेपी !
दही मखन भरिएको ठेकीहरु बाेकी !!

चाेरी खायाे दही भनि माता यशाेधालाई !
किन लायाै चुक्ली सबले, गाेकुलमा आई !!
पर्ख, तिमीहरूलाई त्यसै कहाँ छाेड्छु !
दही मखन भरिएको ठेकी सबै फाेड्छु !!

बजाउन्न आज देखि बाँसुरी म कहिले !
नुहाउन्न यमुनामा भनिदिएँ अहिले !!
अब तिमीहरू संग गाई हेर्न जान्न !
बाेल्दिन म खेल्दिन म केही पनि खान्न !!

कृष्णजीका कुरा सुनी गाेपीहरु सारा !
रुन थाले, आँखाबाट झारी अश्रुधारा !!
भन्न लागे, गल्ती भयाे कृष्ण माफी देऊ !
तिमी बिना बाँच्नु ब्यर्थ बिन्ती हाँसिदेऊ !!

फाेड अब ठेकीहरु दही मखन् खाऊ !
लठ्ठपार्ने कर्णप्रीय बाँसुरी बजाऊ !!
हाँसे कृष्ण, दही मखन् खाए मख्ख पर्दै !!
नाच्न थाले गाेपीहरु कृष्णलीला हेर्दै !!
                                     ✍️ मुरामि

Comments

Popular posts from this blog

पिता धर्मः पिता स्वर्गः ..... सर्वतीर्थमयी माता

भजन/श्लोक (भावानुवाद)

नियात्रा : बाघ बस्ने अँध्यारो गुफाभित्र पस्दा...