पिता धर्मः पिता स्वर्गः ..... सर्वतीर्थमयी माता

पिता धर्मः पिता स्वर्गः पिता हि परमं तपः। 
पितरि प्रीतिमापन्ने प्रीयन्ते सर्वदेवताः॥ 
पितरौ यस्य तृप्यन्ति सेवया च गुणेन च। 
तस्य भागीरथीस्नानमहन्यहनि वर्तते॥ 

सर्वतीर्थमयी माता सर्वदेवमयः पिता। 
मातरं पितरं तस्मात् सर्वयत्नेन पूजयेत्॥ 
मातरं पितरंश्चैव यस्तु कुर्यात् प्रदक्षिणम्। 
प्रदक्षिणीकृता तेन सप्तदीपा वसुन्धरा॥
- पद्मपुराण 

(पद्मपुराण अनुसार - पिता धर्म हुन, पिता स्वर्ग हुन र पिता नै सवैभन्दा श्रेष्ठ तपस्या हुन । पिता प्रसन्न भएमा सम्पूर्ण देवता प्रसन्न हुन्छन । जस्को सेवा र सदगुण बाट पिता-माता संतुष्ट रहन्छन्, त्यस पुत्र को प्रतिदिन गंगा-स्नान को पुण्य प्राप्त हुन्छ । माता सर्वतीर्थ स्वरुप हुन्छिन् भने पिता सम्पूर्ण देवताका स्वरूप हुन । यसैले हरेक प्रकारले माता-पिता आदर सम्मान गर्नु पर्दछ । माता-पिताको परिक्रमा गरेमा पृथ्वीको परिक्रमा गरे बराबरको फल पाईन्छ )


उपाध्यान्दशाचार्य आचार्याणां शतं पिता।
सहस्त्रं तु पितृन माता गौरवेणातिरिच्यते।।
- मनुस्मृति 

(अर्थात, दस उपाध्याय भन्दा ठूला ‘आचार्य’, सय आचार्य भन्दा ठूला ‘पिता’ र एक हजार पिता भन्दा ठूलो ‘माता’ हुन्छिन् । अतः माता सर्वश्रेष्ठ हुन ।)

Comments

Popular posts from this blog

महिला शिक्षा र पद्मकन्या विद्याश्रम

चैतलाेङ अर्थात् चित्लाङ पुगेर फर्केपछि …