Posts

Showing posts from April 5, 2020

नवबर्ष २०७७ काे हार्दिक शुभकामना

Image
सर्वे भवन्तु सुखिनः सर्वे सन्तु निरामयाः । सर्वे भर्द्राणि पश्यन्तु मा कश्चिद् दुःखभाग्भवेत् ॥ #भावार्थ: सबै प्राणी सुखी हाेउन्, राेगमुक्त सबै बनुन् सुमङ्गल सबले देखुन्, दु:खभागी कतै नहुन् ।

हाइकू

रङ्गाई धर्ती बिदा भयाे लुसुक्क बसन्त ऋतु दुखेकाे मन तप्प तप्प चुहियाे यी आँखाबाट मायाको फूल फुलाउन खाेजेकाे सरेन बाेट आफैं देखेर लठ्ठीए ऋतुराज मुस्कायाे फूल पातकाे साटो फूल झरेछ आज मख्ख सडक मलिन हुँदै शान्तिकाे उपदेश बुद्ध आऊ न धुवाँकाे लत प्वाल परेकाे फाेक्साे खिईंदै आयु मुस्काइन् उषा चिरबिर संगीत उदाए रवि सत्ताको मात उन्मत्त नेताहरु नियति हाम्रो दीयाे बालेको उज्यालो भएनछ दीयाे मुन्तिर मिलेर बाँचाै माटोको भर ईंटा ईंटाको माटा चीतामा लास बज्दैछ बैण्डबाजा कस्तो रमिता ! कस्तो अचम्म रावणकाे रक्षार्थ श्रीराम सेना ! कुन फूल हाे बास्नाले चिनाउँछ भन्नै पर्छ र ? नखाऊँ केही उपवास बसेर धर्म कमाऊँँ पटुका कसाैं खाली पेट बसेर स्वास्थ्य बनाऊँ भाे नकराऊ निदायाे सरकार कुम्भकर्ण भै जनता भाेकै नेताहरु झार्दैछन् गाेहीकाे आँसु बाँच्ने चाहना तुषारापात हुँदै बढ्दै संकट हामी सबैका आङमा भैंसी हिंड्छ तर देख्द‌ैनाैं फुलेको देख्दा रङ्गीबिरङ्गी फूल रमायाे माली नबाेल्ने साथी हाँसेर बाेल्याे आज सापटी माग्न राष्ट्र ढुकुटी नेताका