Posts

Showing posts from May 1, 2022

लघुकथा: #घरदैलो

 ✍️ मुरारीराज मिश्र चुनावी घरदैलो कार्यक्रम चल्दै थियो । तामझामका साथ आएका नेता सबैसँग परिचित झैँ आत्मियता दर्शाउँदै भाेट माग्दै थिए ।  घरको छतबाट याे सबै नियालिरहेकाे रमेश पनि आफ्नै ढाेकामा आइपुगेको नेताकाे टाेली देखेर घरबाहिर निस्कियाे । नेताले उस्काे हात समातेर हालखबर साेधे, उसले बतायो । नेताले आफ्नाे स्वभाव सत्य बाेल्ने भएकोले गरेका बाचा पूरा गरेरै छाेड्ने प्रतिबद्धता ब्यक्त गर्दै भाेट मागे, उस्ले आश्वासन दियाे ! नेता ढुक्क हुँदै फर्किए । जाँदाजाँदै नेताले रमेशकाे बुबा आफ्नो हितैषी भएको र उहाँसंग समयसमयमा कुराकानी हुने गरेकाे बताउँदै 'बुबालाई साेधेकाे छु भन्दिनु है बाबु' भन्दै भीडमा मिसिए । वाल्ल परेकाे रमेश, सत्य बाेल्ने भनेका नेताका भनाइ र पाँच बर्ष अघि मृत्युु भएका आफ्ना बुबाको सम्झना गर्दै घरभित्र छिर्‍याे । (उमामहेश्वर मार्ग, कुमारीगाल, का.म.पा.-७)