Posts

नियात्रा : पुर्ख्याैली डाँडामा एकदिन

Image
       ✍️ मुरारीराज मिश्र, भतिज सचिनराज मिश्र बुहारी र छाेरीका साथ फिनल्यान्डबाट बिदामा नेपाल आएको बेला थियोे । यसै मेसाेमा तीन दाजुभाइका परिवार मिलेर पारिवारिक पिकनिक जाने सल्लाह भयाे ।  जाने त जाने तर कहाँ ? कसैले गाेदावरी सुझाए त कसैले घ्याम्पेडाँडा ।  "नजिकैको तर सकभर नगएको ठाउँमा जाऊँ न !" मैले प्रस्ताव गरें ।  "उसाे भए नुवाकोटमा पर्ने कपिलेश्वर महादेव जाने त ?" दाजु नारायणराज मिश्रबाट सुझाव आयाे । एक त पुर्ख्याैली थलाे, उसैमाथि यसअघि पटकपटक जान चाहेर पनि अनुकुलता नमिलेकाे ठाउँ थियोे, नुवाकोटको कविलास र कपिलेश्वर मन्दिर । फेरि, काठमाडौंबाट करिब ४७ कि.मि. काे दुरीमा भएकाले धेरै टाढा पनि थिएन । त्यसैले दाजुकाे सुझावलाई नकार्ने कुरै थिएन, सर्वसम्मत भयो । जाने दिन २०८० फागुन २६ गते शनिबारलाई ताेकियाे ।  बच्चाहरु सहित हामी १६ जना भयाैं जाने ।  पूर्वपरिचित चालक प्रकाश अधिकारी भाइलाई फाेन गरेर माइक्रोबस रिजर्भ गर्ने काम भयो ।  एकदिने भ्रमणमा जाँदा हामी सामान्यतया घरबाटै खाना-पानीको व्यवस्था गरेर जान्थ्याैं । तर यसपटक उहीँ गएर पकाएर खाने सल्लाह भयाे । खाने, पकाउने सम्प

लघुकथा : बुझक्की भाइ

Image
                ✍️ मुरारीराज मिश्र, "दाइसँग एउटा सल्लाह गर्नुथ्याे !" जर्मनबाट भाइ राजनले मेसेञ्जरमा भन्याे । खाना खाइवरी सुत्ने तरखरमा रहेकाे सुन्दर, भाइकाे कुराले चनाखो भयाे । "के कुरा हाे भन् न भाइ ?" उसले कुरा अघि बढायाे ।  "हामी यतै सेटल भईसक्याैं । छाेरीहरु त झन् जन्मजात यताकै नागरिक । अब शायद नेपाल फर्कन्नाैं हाेला हामी ! यदि आईएछ भने पनि, काठमाडौंमा आधा राेपनी जग्गा सहितको घर किनिएकै छ !" राजनले भन्दै गयाे । "कुराे के हाे प्रष्ट भन् न ।" सुन्दरले स्पस्ट हुन चाह्याे । "गाउँमा हाम्रो पुर्ख्याैली जग्गा पनि जम्मा  पाँचआना मात्रै हाे । भाग लगाउने हाे भने तीन भाइलाई घडेरी पनि पुग्दैन । तपाईंहरु गाउँमा जमिन खाेस्रेर खाईरहनु भएको छ । मलाई गाउँको जग्गाकाे कामै छैन । त्यो जग्गा संधै  तपाईंहरुसँगै रहाेस् भन्ने मेराे चाहना छ । त्यसैले यताबाट मैले अंश छाेडेकाे कागज पठाईदिन चाहेको ...।" भाइले भन्याे । सुन्दरलाई लाग्याे "मेरो भाइ साँच्चिकै बुझक्की भएछ !" आफूमाथि गरेको गुन बिर्सेकाे रहेनछ भाइले भन्ने साेचेर उसको मनमा अनायास भातृ

लघुकथा : परम्परागत बिहे

          ✍️ मुरारीराज मिश्र, "ल अब कन्यादानकाे समय हुनलाग्याे, तयार हुनुहाेस्" पुराेहितले दुलहीपक्षलाई जानकारी गराए । "कन्यादान भन्ने शब्द प्रयोग नगर्नुस् त गुरु ! के नेपाली नारी कुनै बस्तु या जनावर हाे ? मान्छेकाे पनि दान हुन्छ कहीँ ? विदेशतिर त यस्तो चलन छैन ! तपाईंहरु दक्षिणाकाे लागि जेपनि गर्ने ?  याे मलाई पटक्कै मन पर्दैन ।"  `परम्परागत बिहे गर्नका लागि भनेर´ विदेशबाट आएकी दुलहीले पुराेहितसंग कड्किंदै भनिन् । "धुवाँले गर्दा फाेटाे राम्रो आएन- जग्गेमा आगाे नबाल्नुस् र फाेटाे खिच्न समय पुग्दैन- विवाहको विधि छाेट्‌याउनुस्" भनेपछि तथा फाेटाे खिच्दा धकेलमकेल गर्दै पटकपटक यताउता सर्न लगाएपछि, क्यामेराम्यानसंग गुरुकाे यसअघि नै बाझाबाझ परिसकेको थियोे । अहिले झन् दुलही नै रणचण्डी बनेर कड्किएपछि त गुरुकाे धैर्यताले सीमा नाघ्याे ।  रिसकाे झाेकमा कर्मकाण्डकाे किताब दुलहीकाे अगाडि पछार्दै उनले भने "धार्मिक विधि पनि चाहिने, अनि धर्मशास्त्रका कुरापनि नमान्ने ! उसाेभए यत्रो तामझाम र बिहेको नाटक किन ?" "नरिसाउनुस् गुरु, छाेरीको बुद्धि पुगेन क्या ... !&

लघुकथा : बाइककाे साँचाे

Image
   ✍️ मुरारीराज मिश्र, "स्मरण शक्ति कसरी बढाउन सकिन्छ" भन्ने बारेमा तालिम सुरु हुँदै थियोे । संस्थामा कार्यरत सबै कर्मचारीहरु हलमा पुगिसकेका थिए ।  कार्यक्रम सुरु हुनै लाग्दा, तालिम दिन आएका बरिस्ठ प्रशिक्षक "एकै मिनेट कुर्नुस् है" भनेर हलबाट निस्किए ! उनी किन र कता गए भनेर, सबैलाई खुल्दुली लाग्दै थियाे । "माफ गर्नुहाेला, एउटा समस्याले गर्दा तपाईंहरूलाई धेरै कुराएँ मैले" भन्दै निकैबेर पछि उनी तालिम हलभित्र पसे ।  "त्यस्तो के समस्या आइपर्‍याे र सर ?" एकजनाले सहभागीले प्रश्न गरे ।  "हेर्नुस् न, म पनि कस्तो हुस्सु भएछु ! बाइकको साँचाे कता राखें भन्दै एकघण्टा देखि खाेजेकाे खाेज्यै थिएँ, आखिरमा आफ्नै खल्तीमा पाे रहेछ !" प्रशिक्षकले हाँस्दै भने । (उमामहेश्वर मार्ग, कुमारीगाल, काठमाडौं -७) हिमाली बेला मा २०८१-०२-०९ मा प्रकाशित ।

नियात्रा : बाघ बस्ने अँध्यारो गुफाभित्र पस्दा...

Image
✍️ मुरारीराज मिश्र, "जाने भन्दाभन्दै दुई बर्ष पुग्न लागिसक्याे, यसपालि त पक्कै जानुपर्छ है दाइ !" पारिवारिक कार्यक्रममा भेट भएको बेला मधु न्याैपाने भाइले घच्घच्याए । "गुफाभित्र बाघ बस्छ भन्ने प्राचीन जनविश्वास अनुसार" जेठको गैंडुपूर्णिमाका दिन काँडेतार लगाएर गुफाको मुख बन्द गरी कार्तिककाे गाईतिहारे ओैंशीका दिनबाट मात्र खाेलिने गुप्तेश्वर महादेव गुफा जाने सन्दर्भमा हामी फुपू चेला र मामा चेलाका बिचमा यस्तो सम्वाद हुँदै थियोे । गुफाभित्र गुप्तेश्वर महादेवकाे दर्शन गर्दै पंक्तिकार धेरै टाढा नभएपनि ललितपुरकाे दक्षिणी क्षेत्रमा अवस्थित "गुप्तेश्वर महादेव गुफा" पुग्ने पटकपटकको हाम्रो याेजना विविध कारणले सफल हुन सकिरहेकाे थिएन । यस्तैमा, मधुभाइकाे कुराले पुन: उत्साहित बनायो । "यसपाली त जसरी पनि जाने हाे बाबु, भाकल नै भईसक्याे !" नजिकै रहेकी श्रीमतीजीले पनि मधुभाईकाे कुरामा सहि थाप्दै भनिन् ।   "पाेहाेर जाने भन्दाभन्दै समूह नमिलेपछि क्यान्सिल गर्नुपर्‍यो, अब चाँही ढिलाे नगरी जानुपर्छ" मैले भनें । तत्पश्चात सरसल्लाह गरि हामीले माघ २२ मा त्यहाँ जा

लघुकथा: किशोरी मातेपछि...

            ✍️ मुरारीराज मिश्र, "रक्सी लागेर निकै मातिसकेकी छ, आज त जसरी पनि त्यसलाई काेठामा लैजानुपर्छ बुझिस् !"  रेष्टुरेन्टमा छिर्दै गर्दा, दुईजना केटाका बिचमा भएको यी संवाद रमेशले सुन्याे ।  श्रीमती माइत गएकोले रातिको खाना पकाउन अल्छी लागेर उ अफिसबाट फर्कंदै गर्दा खाना लिन रेष्टुरेन्ट छिरेकाे थियोे । याे संवादले रमेशलाई चनाखो बनायो ।  उसले यताउता हेर्‍याे । अलिक पर एउटा टेबुलमा, अर्धनग्न पहिरनकी मदिराले अर्धचेत एक किशोरी देखिइन् । अघिका संवादवाला दुई केटा पनि त्यहीँ पुगिसकेका थिए । झट्ट हेर्दा किशोरी परिचित अनुहारकी झैं लाग्यो रमेशलाई ! उसले अलि नजिकै गएर हेर्‍यो, किशोरी त उसकी श्रीमती रमाकी साथीकी छाेरी नै पाे रहिछन् ।  उसकाे मनमा विभिन्न साेचहरु पलाए । एकछिन साेचेर उसले रमालाई फाेन गर्‍यो । केही कुराकानी भए ।  `.... ए, उसाेभए आज राति आउन्नाै त तिमी ? ल ठीकै छ ।´ उसले फाेन काट्दै भन्याे । श्रीमतीसंगकाे फाेनवार्ता  पछि, उ किशोरी रहेको टेबुलमा पुग्याे । "हैन, के चाला हाे याे तिम्रो नानी !" उसले किशोरीलाई हकार्दै हात समातेेर उठायाे । केटाहरु अक्क न बक्क परेर हेर्द

लघुकथा: पाँचहजार

Image
                 ✍️ मुरारीराज मिश्र, "झण्डै मारेको बजियाले" बृद्ध दीनानाथ काम्दै गरेका हातले बाटोभरी छरपस्ट सामान टिप्दै भुत्‌भुताए । केही समय अघिदेखि उनी त्याे बाटोकाे छेउमा प्लास्टिक ओच्छाएर जडिबुटीहरु बेच्दै आएका थिए । आज एउटा केटाेले चलाएको माेटरसाइकल उनको सामान माथिबाट कुद्‌दा  याे घटना भएको थियोे । बाटो पारीपट्टी रहेका ट्राफिक हवलदारले याे सबै घटना प्रत्यक्ष देखेका थिए । केही साेचेर उनले तत्कालै सञ्चारसेटमा खबर गरे । पाँच मिनेटभित्रै सेटबाट उनलाई सूचना आयाे । उनी माेटरसाइकल लिएर, केटाे गएको बाटो तर्फ घुईँकिए । तीनचार स्टप परकाे चेकपोस्टमा केटाेकाे माेटरसाइकल ट्राफिक प्रहरीले समातेका रहेछन् । हवलदारले त्यहाँ पुगेर प्रहरीसँग केही खासखुस गरे अनि केटाेलाई लिएर छेउतिर लागे ।  उनले केटालाई भने "हेर बाबु, बुढा पनि घाइते छन् र उनकाे सामान पनि सबै नाेक्सान भएको छ । गल्ती गरिहाल्याै, सजायँ त भाेग्नैपर्छ अब । लाइसेन्स त छ नि !" "छ सर" केटाेले खल्तीबाट लाइसेन्स झिक्दै भन्याे । हवलदारले फेरि अत्याउँदै भने "लाइसेन्स भएपनि यस्ताे घटनामा, सवारी र तिमीलाई प्रहरी