लघुकथा : बाइककाे साँचाे

   ✍️ मुरारीराज मिश्र,

"स्मरण शक्ति कसरी बढाउन सकिन्छ" भन्ने बारेमा तालिम सुरु हुँदै थियोे ।

संस्थामा कार्यरत सबै कर्मचारीहरु हलमा पुगिसकेका थिए । 

कार्यक्रम सुरु हुनै लाग्दा, तालिम दिन आएका बरिस्ठ प्रशिक्षक "एकै मिनेट कुर्नुस् है" भनेर हलबाट निस्किए !

उनी किन र कता गए भनेर, सबैलाई खुल्दुली लाग्दै थियाे ।

"माफ गर्नुहाेला, एउटा समस्याले गर्दा तपाईंहरूलाई धेरै कुराएँ मैले" भन्दै निकैबेर पछि उनी तालिम हलभित्र पसे । 

"त्यस्तो के समस्या आइपर्‍याे र सर ?" एकजनाले सहभागीले प्रश्न गरे । 

"हेर्नुस् न, म पनि कस्तो हुस्सु भएछु ! बाइकको साँचाे कता राखें भन्दै एकघण्टा देखि खाेजेकाे खाेज्यै थिएँ, आखिरमा आफ्नै खल्तीमा पाे रहेछ !" प्रशिक्षकले हाँस्दै भने ।

(उमामहेश्वर मार्ग, कुमारीगाल, काठमाडौं -७)

हिमाली बेला मा २०८१-०२-०९ मा प्रकाशित ।

Comments

Popular posts from this blog

पिता धर्मः पिता स्वर्गः ..... सर्वतीर्थमयी माता

भजन/श्लोक (भावानुवाद)

कालिञ्चाेक यात्राका संस्मरण: