Posts

Showing posts from January 26, 2020

भजन

त्याग्नै सकिन शम्भाे, लाेभ, घमण्ड, माया, बाटो देखाऊ चाँडै, हुँदैछ जीर्ण काया ! याे जिन्दगीको नाउ, चल्दैछ सुस्त सुस्त, काहाँ गएर डुब्ला ? याे मन् संधै छ त्रस्त । साह्रै भएँ थकित् म, देख्छु विपत् काे छाया, बाटो देखाऊ चाँडै, हुँदैछ जीर्ण काया ! कस्दैछ माेहपाश, गाँठो परेर जेल्दै, जाने भयो जीवन् याे, हाँस्दै, रूँदै र खेल्दै । भवपार तर्ने कर्म, गर्ने कसाेरी काहां ? बाटो देखाऊ चाँडै, हुँदैछ जीर्ण काया ! त्याग्नै सकिन शम्भाे, लाेभ, घमण्ड, माया, बाटो देखाऊ चाँडै, हुँदैछ जीर्ण काया !                                                -मुरामि