भजन

त्याग्नै सकिन शम्भाे, लाेभ, घमण्ड, माया,
बाटो देखाऊ चाँडै, हुँदैछ जीर्ण काया !

याे जिन्दगीको नाउ, चल्दैछ सुस्त सुस्त,
काहाँ गएर डुब्ला ? याे मन् संधै छ त्रस्त ।
साह्रै भएँ थकित् म, देख्छु विपत् काे छाया,
बाटो देखाऊ चाँडै, हुँदैछ जीर्ण काया !

कस्दैछ माेहपाश, गाँठो परेर जेल्दै,
जाने भयो जीवन् याे, हाँस्दै, रूँदै र खेल्दै ।
भवपार तर्ने कर्म, गर्ने कसाेरी काहां ?
बाटो देखाऊ चाँडै, हुँदैछ जीर्ण काया !

त्याग्नै सकिन शम्भाे, लाेभ, घमण्ड, माया,
बाटो देखाऊ चाँडै, हुँदैछ जीर्ण काया !
                                               -मुरामि

Comments

Popular posts from this blog

पिता धर्मः पिता स्वर्गः ..... सर्वतीर्थमयी माता

भजन/श्लोक (भावानुवाद)

नियात्रा : बाघ बस्ने अँध्यारो गुफाभित्र पस्दा...