Posts

Showing posts from February 4, 2024

प्रार्थना: चुलियाे अहम्‌ता ...

चुलियाे अहम्‌ता, दाैलत र धनले । हरि नाम जप्न, भुलेकाे छ मनले ।। बिहानै उठे देखि, मन हुन्न शान्त । याे तेराे, याे मेराे, संधैकाे लडान्त ।। पाउन्न रत्ति, आराम् याे तनले । हरि नाम जप्न, भुलेकाे छ मनले ।। छुटाउन खाेज्छु  म लाेभी प्रवृत्ति । हरेक दिन बढ्छ, घट्दैन कत्ति ।। डुबाउन लाग्यो, अहाे ! स्वार्थीपनले । हरि नाम जप्न, भुलेकाे छ मनले ।। आफैं रचेकाे, सेरो र फेराे । सर्वत्र देख्छ, मनले अँधेराे ।। कहाँ मिल्छ शान्ति, भनिदेऊ जनले ! हरि नाम जप्न, भुलेकाे छ मनले ।। ~~~~~~~~~~~~~✍️मुरामि