Posts

Showing posts from October 10, 2010

शुभकामना.....

Image
हुन त यो दिन पनि जरुरी छैन न त यो लिन नै जरुरी छ, दिँदा - न लिनेको पेट भरिन्छ, लिंदा - न दिनेको नाँगो आङ छोपिन्छ तैपनि, कतै स्वार्थपूर्तिको लागि कतै आफ्नो प्रचारका लागि अनि, कतै–कतै आत्मसन्तुष्टिका लागि यो लिने र दिने गरिन्छ । अहिले त यो फेशन भएको छ एउटा परम्परा भएको छ कतै व्यक्त, कतै अव्यक्त कतै लिखित, कतै अलिखित अनि कतै मौखिक यस्तै अनेक रुपमा यो प्रकट हुन्छ । सांच्चै भन्ने हो भने यो शुभकामना..... मनभित्र छुरी धस्ने योजना बनाए पनि बाहिर भने व्यक्त गर्नै पर्ने एउटा औपचारिक परम्परा हो । - मुरारीराज मिश्र (आज भन्दा १५ बर्ष अघि, मिति २०५२ साल कार्तिक ४ गते शनिवारको कान्तिपुर कोसेलीमा प्रकाशित कविता)