शुभकामना.....


हुन त यो दिन पनि जरुरी छैन

न त यो लिन नै जरुरी छ,

दिँदा - न लिनेको पेट भरिन्छ,

लिंदा - न दिनेको नाँगो आङ छोपिन्छ


तैपनि,

कतै स्वार्थपूर्तिको लागि

कतै आफ्नो प्रचारका लागि

अनि, कतै–कतै आत्मसन्तुष्टिका लागि

यो लिने र दिने गरिन्छ ।


अहिले त यो फेशन भएको छ

एउटा परम्परा भएको छ

कतै व्यक्त, कतै अव्यक्त

कतै लिखित, कतै अलिखित

अनि

कतै मौखिक

यस्तै अनेक रुपमा

यो प्रकट हुन्छ ।


सांच्चै भन्ने हो भने

यो शुभकामना.....

मनभित्र छुरी धस्ने योजना बनाए पनि

बाहिर भने व्यक्त गर्नै पर्ने

एउटा औपचारिक परम्परा हो ।

- मुरारीराज मिश्र

(आज भन्दा १५ बर्ष अघि, मिति २०५२ साल कार्तिक ४ गते शनिवारको कान्तिपुर कोसेलीमा प्रकाशित कविता)

Comments

Popular posts from this blog

पिता धर्मः पिता स्वर्गः ..... सर्वतीर्थमयी माता

भजन/श्लोक (भावानुवाद)

नियात्रा : बाघ बस्ने अँध्यारो गुफाभित्र पस्दा...