गीत: ए सुन्दरी
#गीत ए सुन्दरी, लुके झैँ गरी किन हेर्छेउ मलाई, भन यसरी ? सुन्दर वदन, कमल झैँ नयन् गुलावी अधर देख्दै मातिन्छ मन् स्वर्गकी ए परी, धर्तीमा झरी किन हेर्छेउ मलाई, भन यसरी ? माेती सरि चम्किला दन्त घेरा मह झैँ छ बाेली, मीठा र मधुरा तिमी सुन्दरी, पूर्णचन्द्रै सरि किन हेर्छेउ मलाई, भन यसरी ? निश्छल स्वभाव्, त्याे आफन्तपन् गर्याै कि मलाई, तिमीले चयन् प्रिय सुन्दरी, मेराे निन्द्रा हरी किन हेर्छेउ मलाई, भन यसरी ? ~~~~~~