Posts

Showing posts from November 6, 2022

लघुकथा: मतदान

लघुकथा: "मतदान"              ✍️ मुरारीराज मिश्र मतदानका लागि आएका एक बृद्धले मतदाता नामावलीमा आफ्नो नाम रुजु गराए पश्चात् मतदान अधिकृतलाई साेधे - "बाबू, मेराे छाेराे दुखीप्रसाद नेपाली अहिले भाेट हाल्न यहाँसम्म आउन सक्दैन । मिल्छ भने मेराे भाेट तपाँईले नै राम्रो उम्मेदवारलाई दिनुस् है बुबा भनेकाे छ, मिल्छ हाेला त !" "भाेट हाल्न ब्यक्ति आफैं उपस्थित हुनुपर्छ, नत्र अरु कसैले हाल्न मिल्दै मिल्दैन ।" रुखाे स्वरमा निर्वाचन अधिकृतकाे जवाफ आयाे । याे संवाद सुनिरहेका एकजना उम्मेदवारका बुथ प्रतिनिधिले त्यस अवधिमा नामावली चेक गरेछन् र बृद्धतर्फ हेर्दै भने - "तपाँईले आफ्नो छाेराकाे नाम दुखीप्रसाद नेपाली भन्नुभएको हैन बुबा ? उहाँले अघि नै आएर भाेट हालिसक्नु भएको देखिन्छ त यहाँ !" याे सुनेर अचम्मित बृद्धले निर्वाचन अधिकृतलाई भने - "ब्यक्ति आफैं नआई भाेट हाल्न मिल्दै मिल्दैन भन्नुभएको हैन अधिकृतज्यू ! मेराे छाेराे त राेजगारीकाे सिलसिलामा गत तीन बर्षदेखि अरबमा पाे छ त !!" (उमामहेश्वर मार्ग, कुमारीगाल, कामपा-७) छछल्का, लघुकथासङ्ग्रहमा प्रकाशित