Posts

Showing posts from July 5, 2020

ईश्वर प्रार्थना

'यस धर्तीमा पाप बढेर, संकट पर्ला जैले' । 'रुप धरेर आउँछु भन्थ्याै', प्रभु तिमी आउने कैले ? ब्याप्त सबैतिर हत्या हिंसा, लाेभ घमण्ड बढ्यो । लुटाैं कसरी अरुकाे भन्ने, मनुमा साेच गढ्याे ।। भयाे मनुष्य, आफु बाँच्न मै, सार्थक ठान्ने अैले । 'रुप धरेर आउँछु भन्थ्याै', प्रभु तिमी आउने कैले ? भुल्याे मनुले पूजापाठहरु, भुल्याे संस्कृति धर्म । मात्र ध्यान भाे धनमा उस्काे, बिर्स्याे मानव कर्म ।। स्वार्थी अति भाे मानवजाती, थिएन यस्तो पैले । 'रुप धरेर आउँछु भन्थ्याै', प्रभु तिमी आउने कैले ? सृष्टिभरिकाे उत्तम मान्छे, अतिशय क्रुर भयाे । माया, ममता, दया बिर्सियाे, मदले चुर भयाे ।। 'आऊ प्रभु अब धर्म बचाऊ', बिन्ति चढाएँ मैले । 'रुप धरेर आउँछु भन्थ्याै', प्रभु तिमी आउने कैले ? 'यस धर्तीमा पाप बढेर, संकट पर्ला जैले' । 'रुप धरेर आउँछु भन्थ्याै', प्रभु तिमी आउने कैले ?                                         ✍️ मुरामि